काठमाडौंमा ३५० सहित थप ९२७ जनामा कोरोना संक्रमण



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ९२७ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३५० भक्तपुरमा ५४ र ललितपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३६,४५६ पुगेको छ ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा १०,२२९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ८,९३९ जना रहेका छन् । आइसोलेसनमा १६,०१९ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना निको भई शुक्रबार थप १६९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २०,२४२ पुगेको छ । त्यस्तै भेन्टिलेटरमा २२ जना र आइसियूमा १६४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब अमेरिकामा दशौँ लाख महिलाले गर्भपतन सम्बन्धी कानुनी अधिकार गुमाउने

अमेरिकाको सर्वोच्च अदालतले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याउँदै

माधव नेपालले मन्त्रीहरुलाई भने -हामीले गरेको निर्णय कार्यान्वयन गर्न आफैँ लाग्नुहोस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न

सरकारलाई पेट्रोलियम कर ५० प्रतिशत घटाउन संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिलिे पेट्रोलियम पदार्थमा लिँदै आएको करलाई ५० प्रतिशत घटाउन सरकारलाई

फेरि प्रधानमन्त्री बन्ने प्रचण्डको चाहना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एक पटक प्रधानमन्त्री