कपिलवस्तुमा थप १९ जनामा कारोना संक्रमण
काठमाडौं । कपिलवस्तुमा थप १९ जनामा कारोना पोजेटिभ पुष्टि भएको छ । भदौ पाँच र ६ गते कृष्णनगर भन्सार कार्यलयबाट स्वाब संकलन गरिएका ८० नमुना मध्ये १९ वटा पोजेटिभ, ४० नेगेटिभ र २१ नतिजा प्रतिक्षामा रहेका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या १,०९३ पुगेको छ ।