कोरोना त्रास र चिकित्सकउपर भीडको आक्रमण



डा. भारती अधिकारी, वरिष्ठ मनोविज्ञ ।
“मानिस एक सामाजिक प्राणी हो “ यो वाक्य हामीले बुझी नबुझी सानैदेखि रट्दै आएको हो । २०७२ सालको भूकम्पको बेलामा पचासौं जना टोलवासीहरु एउटै पालमुनि, एकै ठाउँमा मिलेर बसी आपसी सहयोग एवं सहृदयताको व्यवहारले यसलाई अझ स्पष्ट रुपले परिभाषित गरिदिएको थियो “मानिस समुहमा मिलेर बस्ने प्राणी हो” ।

थोरै समयको अन्तरालमा नै हाल दृश्य परिवर्तन भएको छ । सम्पूर्ण संसार नै कोरोनामय भएको छ । सर्बजगत कोरोनाको त्रासले ब्याप्त छ । एक अर्कामा अविश्वासको दृष्टिले हेर्छन् । मास्कले आधा अनुहार ढाकी “सामाजिक दूरी कायम राखी सूरक्षित रहौं” भन्ने स्लोगनका साथ अभिवादन गर्छन् । ठिकै हो । तर केही छापामा प्रकाशित डाक्टरहरुप्रतिको दुव्र्यवहार समाचारले केही लेख्न मनलाग्यो ।
डच सामाजिक मनोबैज्ञानिक हफस्टेड (१९६०) ले समाजमा मानवव्यवहारको अध्ययनको सिलसिलामा मानव मूल्य (खबगिभ कथकतझ) को आधारमा एउटा नयाँ दृष्टिकोण प्रस्तुत गर्नु भएको थियो, व्यक्तिवाद र समुहवाद । त्यसपछिका बिभिन्न अध्ययन अनुसन्धानहरु अनुसार व्यक्तिहरुको व्यवहार, स्वभावको आधारमा उनीहरुलाई दुईवटा आयाममा बर्गिकरण गरिएका थियो ( व्यक्तिवादी र समुहवादी) । हुन त पछी अर्को दुवैको मिश्रित आयाम पनि थपिए ।

पश्चिमी (अमेरिका, फ्रान्स, जर्मनी, युरोप आदि) मुलुकहरुमा व्यक्तिवादी र पूर्विय (जापान, कोरिया, चिन, भारतआदि) मुलुकहरूमा समूहवादी मूल्य रहेको बिभिन्न अध्ययनहरुले प्रस्ट परेका छन्  । दुई दसक अगाडीको लेखिकाको अनुसन्धानमा नयाँ पुस्तामा समुहवादी मूल्यका साथसाथै व्यक्तिवादी मूल्यले जरो गाडिन थालेको पाइएको थियो । तर के पाँचवर्ष अगाडिको समूहवादी मूल्य समयको थोरै अन्तरालमा व्यक्तिवादमा परिवर्तन भएको हो त ?

हालको प्रसंगमा मलाई लाग्छ “मानिस इडिस्ट प्राणी हुन्” यो उनको जन्मजात विशेषता हो । Pleasure Principle  को अनुसार मानिसलाई सुख चाहिन्छ दुख होइन । जानी नजानी जे जति कार्य गरेको हुन्छ दुःखहरण सुखप्राप्तिको लागि गरेको हुन्छ । हुनत उनको आवश्यकतानुसार कुनै निश्चित बिन्दुसम्म पुगिसकेपछि चेतनाको स्तरद्वारा व्यवहार परिमार्जन गर्दछन् । समुदायमा ऊ सामाजिक प्रसंगअनुसार सामाजिक प्राणी बने तापनि जन्मजात “म” र “मेरो सुख” को सेरोफेरोमा घुम्ने व्यक्तिवादी नै हुन् ।

कोरोनाको त्रासले मानिस अझ व्यक्तिवादी भएका छन् यसमा दुईमत छैन । “ज्यान भए जहान छ” को सिद्दान्त अनुसरण गर्दै पहिले ऊ आफू बच्ने प्रयासमा छन् । तर जुन डाक्टरहरु जसलाई जीवनदाता भगवानको स्वरुप मानी दुइहात जोडी नमस्कार गर्ने गरेका थिए उनीहरुलाई कोरोनाबाहक सोची दुत्कार्ने हदैसम्मको विक्षिप्त मनास्थिथिको लक्षण हो भन्न अतिसयुक्ति नहोला । उक्त समूहको चिन्तन प्रक्रिया नै अवरुद्द भैसकेको बुझिन्छ । किनकि भविष्यमा कुनै कारणवश कुनै रोग लागेमा आखिरमा तिनै डाक्टरहरुको शरण पर्नुपर्ने तथ्यलाई कसरी बिर्सिन सकेको ?

अर्को कुरा यहाँ भीड मनोविज्ञानको असर पनि नकार्न सकिन्न । भीडको कुनै निश्चित रुप, सिद्दान्त, सोच, लक्ष, हुँदैन । अरुको लहलहैमा पछिलाग्ने स्वभाव हुन्छ भीडको । अन्तमा स्वास्थकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्ण जो आफ्नो व्यक्तिगत सुख पन्छाई परहितमा लागि परेकाहरुलाई हृदयदेखि नै धन्यवाद दिई मानसिक र शारीरिक रुपले स्वस्थ रहौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना सङ्क्रमण बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै

काठमाडौं । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ। भारतमा सङ्क्रमण

रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने

काठमाडौं । रञ्जु दर्शनाले आगामी संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी

पार्टी गठन गरेको सात दिनमै वामदेव पार्टीबाट निस्कासित

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियान पार्टीमा आबद्ध ११ जना नेता अभियानबाट अलग

चट्याङबाट जोगिनै मुस्किल

– रमेश लम्साल, काठमाडौँ । जुम्लाको पातारासी गाउँपालिका–४ लुमको बागजले पाटनस्थित चार परिवारको