पढे पनि हुन्छ, बुझे पनि हुन्छ-त्यो महामारी



जेपी गुप्ता ।
सन् १९१८ मा भारतका प्रख्यात साहित्यकार एवं कवि सूर्यकान्त त्रिपाठी ‘निराला’ शायद २२ बर्षका थिए होलान्। बंगालमा जन्मेका उनले आफ्ना आत्मकथा “कुल्ली भाट”मा स्पेनिस फ्लू महामारीको भयानक चर्चा गरेका छन्। उनले लेखेका छन्-“म गंगाको किनारमा उभिएको छु।आखाँले हेर्न भ्याएसम्म गंगाको धारमा मृत मानव शरीरहरू मात्र यत्रतत्र तैरिई रहेको देखिन्थे। नदीका बगरमा जताततै लाशहरू फ्याकिएको जस्तो देखिन्थ्यो। मानिसहरू लगातार मरिरहेका थिए।मृतकहरूका दाह संस्कारका लागि दाउरा पाईरहेको थिएन।देख्दा देख्दै, निमेष भरमै मेरो परिवार, मेरी पत्नी आँखाबाट ओझेल भैसकेका थिए। बिवाह पछि म पहिलो पटक पत्नीको द्वरागमन गरी लानको लागि ससुराली पुगेको थिए। सर्वत्र, चारै तिर अध्यारो नै अध्यारो देखिन थालियो। मैले थाहा पाएँ-यो त्रासदी र सबै तिरको दुर्दशा हालै देखिएको एक महामारीका कारणले भै रहेको थियो। स्पेनिस फ्लू नै थियो,त्यो महामारी।”

निराला की पत्नी मात्र हैन, यस महामारीबाट तेस बखत अन्य लाखौं मानिसहरू झैं महात्मा गांधी पनि संक्रमित भै रूग्ण भै सक्नु भएको थियो।गांधीकी बुहारी गुलाब र नाती शांतिको निधन पनि यही स्पेनिस फ्लूबाट भैसकेको थियो। मानिसहरू अनुमान गर्छन, यदि गांधी यस महामारीबाट न जोगिएको भए शायद, भारतको स्वतन्त्रता आन्दोलन नै अर्कोबाटोबाट बढने थियो होला। भारतका अर्का महान सहित्यकार, कथाकार प्रेमचन्द पनि स्पेनिस फ्लूबाट सिकिस्त भएका थिए।

यस महामारीबाट तेस बखत भारतमा मात्र एक करोड अस्सी लाख मानिस मरेका थिए। यो संख्या तत्कालिन भारतको जनसंख्याको छ प्रतिशत थियो। भारतमा यस रोगबाट बिरामीहरूको मृत्यू दर २०.६ प्रति हजार गणना गरिएको थियो। जबकि, लंदन शहरको मृत्यूदर ४.४ प्रतिहजार थियो। दिल्लीको एक अस्पतालमा उपचारका लागि १३ हजार १९० बिरामी रहेका थिए, तेस मध्ये देख्दा देख्दै ७ हजार ४४ जना मरेका थिए। मृतकमा महिलाहरू बढी थिए-भनिन्छ तेस बेलाको सामाजिक व्यवहारमा घरका बिरामीहरूको सेवा गर्ने दायित्व मूलत: महिलाहरूले नै उठाउनु परेकोले पनि महिला मृत्यू दर उच्च थियो।

यस तथ्यको थोरै चर्चा हुने गरेपनि इतिहासकारहरूले लेखेका छन् कि भारतमा स्पेनिश फ्लूका कारणले करोड भन्दा बढी मानिसहरूको अकाल मृत्यू भएको तथा तत्कालिन ब्रिटीस शासनले समुचित व्यवस्थापन गर्न नसकेको कारणबाट उत्पन्न आक्रोसले पनि स्वतन्त्रता आन्दोलनमा बल पुग्न गएको थियो। कतिपयको मत छ कि सोही आक्रोसले पनि ब्रिटीस औपनिवेशिक सत्ताको अन्त्यलाई नजिक ल्यायो।

भारतमा स्पेनिश फ्लूको प्रवेश युरोपबाट भएको थियो। प्रथम बिश्वयुद्धमा भाग लिएर युरोपको मोर्चाबाट भारतीय मूलका ब्रिटीस सेनाका मानिसहरू बम्बई बन्दरगाहमा ओर्लदा तेस संक्रमणलाई प्रवेश गराएका थिए।युरोपमा मई २९, १९१८ मा पहिलो पटक यस महामारीको शुरूवात भएको भनिन्छ। १० जून,१९१८ का दिन पहिलो पटक सो फिर्ती टोलीका सात सैनिक जवानमा रूघा-खोकीको लक्षण देखिई सो रोगले भारतमा दैलो उघारेको थियो। यतिन्जेल यो महामारी संसार भर फैलिई सकेको थियो। भनिन्छ, स्पेनिस फ्लूबाट संसारभरमा १० देखि २० करोडसम्म मानिसको अकाल मृत्यू भएको थियो। तेती बेला साढे दश करोड जनसंख्या भएको अमेरिकामा मात्र ६ लाख ७५ हजार मानिस मरेका थिए। १३ औं शताब्दीमा युरोपमा फैलिएको व्यूबोनिक प्लेगबाट भने युरोपको कूल आबादीको पच्चीस प्रतिशत मानिस मरेका थिए। आज पनि धेरैले अध्येताहरूको ठहर छ कि संसार भर यसको संक्रमण पहिलो बिश्वयुद्धबाट यत्रतत्र फर्केका सैनिकहरूले पुर्याएका थिए भने भारतमा यो रेल यात्राले गर्दा नै तिब्र रूपमा फैलिएको थियो।

जापानमा ४-५ लाख मानिस मरेका थिए भने जापान अधिनस्थ कोरिया र ताईवानमा २ लाख। स्पेनिस फ्लूको प्रभाव चीनमा कम रह्यो। बिश्वयुद्धमा चिनीया सैनिकको न भएको बाह्य सहभागिता, चीनको कृषिमा आधारित सामाजिक संरचना-जहाँ बहुसंख्यक मानिसहरू फैलिएर ग्रामीण क्षेत्रमा बस्दथे तथा जडिबुटीबाट बनेको औषधी प्रति चिनीयाहरूको लगावका कारणले सो मुलुक संक्रमणबाट धेरै हदसम्म जोगिएको थियो। (बिभिन्न स्रोतबाट संकलित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सीमा समस्या मिलेर समाधान गरौँ, यो सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन म आग्रह गर्दछु’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै

नेपालमा दर्शन (सिद्धान्त) विनिर्माणको सन्दर्भ

डा. गोविन्दशरण उपाध्याय । नेपालीहरूले सिद्धान्त विनिर्माणमा काम गरेकै छैनन् भन्ने आरोपहरू सुनिन्छ

थप १६१४ जनामा कोरोना संक्रमण, १४३७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको

द्विपक्षीय सहयोगको क्षेत्रलाई अगाडि बढाउन नेपाल र भारतका अधिकारीहरु सहमत

काठमाडौं । नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक काठमाडौंमा सम्पन्न भएको छ ।