आनन्दमय जीवनको महासूत्रः ‘म हुँ’ होइन ‘छु’



महेश श्रेष्ठ ।

मानिसको जीवनको दुईवटा पाटा छन् । एक अस्तित्वगत र अर्को सामाजिक । हामी यसकारण दुःखी छौं कि हामीले जीवनका यी दुई पाटालाई सन्तुलन गर्न जानेनौं । अस्तित्वगत रूपमा मेरो बजबुद के हो भन्ने हामीलाई होस् छैन तर सामाजिक पहिचान बनाउन जीवनको अधिकांश समय लगानी गरेका छौं । प्रकृतिले नैसर्गिक रूपमा हामीलाई जे दियो त्यो हाम्रो जीवनको अस्तित्वगत पाटो हो । अनि समाजबाट हामीले जे कमाएका वा पाएका कुरा छौं त्यो जीवनको सामाजिक पाटो हो ।

प्रकृतिले विभेद गर्दैन । कसैलाई नखाए पनि भोक नलाग्ने, कसैलाई अरूको भन्दा फरक श्वास तान्दा कार्वनडाइअक्साइड चाहिने हुन सक्दैन । प्रकृतिले ब्याकुलता दिएको छ भने सबैलाई उत्तिनै दिएको छ र आन्नद दिएको छ भने पनि उत्तिनै कुनै भेदभाव बिना । तर हामीमध्ये कोही ब्याकुल छौं र कोही आनन्दित । जीवनका दुई पाटोमध्ये अस्तित्वको पाटोमा कुनै समस्या छैन भने पक्कै समस्या समाजिक पाटोमा हुनुपर्छ । प्रकृतिको विपरीत समाजले विभेद गर्छ । कसैलाई सम्राट बनाउँछ, कसैलाई रैति । कसैको ख्याति हुन्छ, कोही गुमनाम । विभेदका कारण दुःख र खुसी हुन्छ । जे कुरा अरूले भन्दा बढी पयौं त्यसमा हामी खुसी र जे कुरा अरूले भन्दा कम पायौं त्यसमा दुःखी हुन्छौं । अस्तित्वगत पाटो विपरीत सामाजिक पाटोमा निकै उत्तारचढाव पनि हुन्छ । नसोचेको कुरा पाउँदा खुसी र पाएको कुरा गुमाउँदा दुःखी हुन्छौं ।

एक्लै बस्नुको महत्व
अस्तिगत सत्य हो, प्राणीको जन्म हुन्छ, जीवन हुन्छ र मृत्यु हुन्छ । हाम्रो लागि जन्म अज्ञात छ । मृत्यु पनि अज्ञात छ । केही प्रयोग गर्न सकिन्छ भने त्यो केवल जीवनको सन्दर्भमा हो ।जन्मदा हामी एक्लै जन्मन्छौं । एकसाथ एउटै गर्भ बाँड्ने जुम्ल्याहा, तिम्ल्याहाका हकमा पनि जन्मनुको प्रक्रिया, गर्भमा हुने विकासको प्रकृया छुट्टाछुट्टै हुन्छ । अनि हामी मर्दा पनि एक्लै मर्छौं । जन्मदा र मृत्युमा एक्लै, त्यसो हो भने जीवनको अस्तित्वगत आयामलाई गहिराइमा बोध गर्नु एक्लै रहनु आवश्यक छ । बुद्ध छ वर्ष, महावीर बाह्र बर्ष, मोहम्मद केही महिना अनि जिससले केही दिनएक्लै जगंलमा बसे । यी महामानवहरू समाजदेखि पर एक्लै बस्नु केवल संयोग मात्रै होइन । अवश्य एक्लै बस्नुको निकै गहिरो महत्व छ ।

जन्मदा र मृत्युमा एक्लै, त्यसो हो भने जीवनको अस्तित्वगत आयामलाई गहिराइमा बोध गर्नु एक्लै रहनु आवश्यक छ । बुद्ध छ वर्ष, महावीर बाह्र बर्ष, मोहम्मद केही महिना अनि जिससले केही दिनएक्लै जगंलमा बसे । यी महामानवहरू समाजदेखि पर एक्लै बस्नु केवल संयोग मात्रै होइन ।

विज्ञानको खोज भन्छ मानिसको जीवनकालमा सबैभन्दा चरम आनन्दमा बाँचेको अवधी गर्भमा रहँदाको अवस्था हो । सर्वाधिक सुरक्षित स्थान, शरीर अनुकुलको न्यानोपन, बिना परिश्रमको पोषण, हर्मोनहरूको सन्तुलित अवस्था ईत्यादि कारणले यसो भएको हो । जीवनभर हामी यसकारण दुःखी छौं किनकी हाम्रो अचेतन मनमा त्यही गर्भको आनन्दको पुनःप्राप्तिको चाहना रहेको हुन्छ । गर्भमा रहँदाका सन्दर्भमा केही विशेष अवस्था छन् । एक, आमाको गर्भमा हुँदा हामीएक्लै थियौं । यो समाजसँग हाम्रो कुनै सरोकार नै थिएन । अर्को कुरा, गर्भमा रहँदा हाम्रो पहिचान थिएन केवल उपस्थिति थियो । आनन्दप्राप्तिको मूल चूरो नै यही छ । पहिचान अर्थात् ‘म हुँ’भन्नु समाजिक पाटो हो । उपस्थिति अर्थात् ‘छुँ’ भन्नु अस्तित्वगत पाटो । ‘म छुँ’ होइन पहिचान बिनाको उपस्थिति केवल ‘छुँ’ ।

यो जगतको हरेक कुरा प्रकृतिसँग जोडिएको हुन्छ । श्रृष्टिसँग जोडिएको हुन्छ । जसरी एउटा वृक्ष जराको माध्यमले माटोमा समाएको छ, त्यसरी नै केही कुरा छ, जसले हामीलाई श्रृष्टिसँग जोडेको छ । यो जगतमा हाम्रो उपस्थिति छ, र त हामी श्रृष्टिसँग जोडिएका हौं । त्यसैले (आफू) हुनुको बोध नै हाम्रो जीवनको मूल ज्ञान हो । सर्वाेच्च ज्ञान हो । अनि हुनुको बोध सर्वोच्च आनन्दको अवस्था हो । तर हामीसँग हाम्रो समाजिक पहिचानको लामो फेहरिस्त हुँदा हुनुको बोध (होस्) छैन ।

एक्लै बस्नु र होसको अन्तर सम्बन्ध 
एक्लै बस्नु र चैतन्यको निक्कै गहिरो अन्तरसम्बन्ध छ । जतिजति हामीमा एक्लै बस्ने क्षमता विकास हुन्छ (आफू) हुनुको होस् बढ्दै जान्छ । होस् आउँदै गर्दा हामीले महसुस गर्ने कुरा के हो भने, जीवनमा दुःखबाहेक केही हुँदैन रहेछ । तर किन जीवनमा दुःखबाहेक केही छैन न त ?

हुनुको बोध नहुनु नै बेहोसी हो । बेहोसीका कारण दुःख छ । बर्षौबर्षदेखि हामी बेहोसीमा बाँचेका कारण दुःख नै दुःख श्रृजना गरेका छौं । होस्मा हामीले त्यही दुःखको साक्षात्कार मात्रै गरेका हौं । त्यो दुःखलाई पार नगरी गर्भ अवस्थाको आनन्दको पुनः महसुस सम्भव छैन । हुनुको बोधबाट प्राप्तहुने आनन्द सम्भव छैन अर्थात् समाधीको आनन्द सम्भव छैन ।

सम्झना त छैन, तथापी गर्भ अवस्थाको हामी सबै साक्षी थियौं । हाम्रो अचेतन मनलाई थाहा छ एक्लै रहनु र आनन्दको अन्तर सम्बन्ध छ । त्यसैले मनको अन्तर गहिराइमा हरेकलाई एक्लै बस्ने चाहना छ । तर एक्लै बस्न समाथ्र्य चाहिन्छ, जुन हामीमा छैन ।

अरूको उपस्थिति केही सुविधा छन्, ति मध्ये मुख्य बेहोसीको सुबिधा हो । हाम्रो लागि बेहोसी प्रिय छ किनकी बेहोसीमा हामीले जीवनको दुःख भुल्छौं । हाम्रो लागि बेहोसी यतिसम्म प्रिय छ कि हामीले जीवनमा निरन्तर जे गरिरहेका छौं,त्यो केवल आफैंलाई भुल्नका लागि अर्थात् बेहोसीका लागि गरिएका प्रयासहरू हुन् । रक्सी, जुवा, यौन, सिनेमा, भ्रमण, नाचगान आदि जेसुकै होस्, ति सबै आफैंलाई भुल्न गरिएको कृत्य हुन् । यतिमात्रै होइन समाजिक उपलब्धी र पहिचान बनाउन गरिएका सबै सबै प्रयासहरू पनि बेहोसीकै लागि गरिएका हुन् । अरूको उपस्थितिको अर्को महत्पूर्ण सुविधा भनेको मर्दापर्दा साथ दिने कोही त छन् भन्ने भरोसा हो ।

एक्लोपन र अहंकार
हामी सब कुरामा आश्रित छौं । ‘म’को हुँ भन्ने कुरामा पनि हामीलाई अरूको आवश्यकता छ । यसकारण एक्लै बस्दा एकाएक हामीले हाम्रो पहिचान गुमाउँछौं । राजा वा भिखारी, शान्त वा अपराधी, धनी वा गरिब, विद्वान वा मुर्ख एक्लै बस्दा समाजिक पहिचानको के महत्व । महाराज ! भनेर सम्बोधन गरिदिने कोही नभइदिए राजा हुनुको के अर्थ ! हामीले जानेको कुरा सुनिदिने कोही नभएमा विद्वताको के महत्व ! खर्च गर्न नमिल्ने भए धनी हुनुको के मूल्य !

राम्रो छवि भएका मानिसका सन्दर्भमा मात्र होइन नकारात्मक छवि भएका मानिसका सन्दर्भमा पनि एक्लै बस्नु उत्तिकै कष्टकर विषय हो । एक्लै बस्दा भिखारी, मूर्ख वा अपराधीलाई पनि उत्तिकै समस्या पर्छ किनकी जस्तोसुकै होस् समाजिक पहिचान बिना हामीले हाम्रो अस्तित्व देख्दैनौं ।

महाराज ! भनेर सम्बोधन गरिदिने कोही नभइदिए राजा हुनुको के अर्थ ! हामीले जानेको कुरा सुनिदिने कोही नभएमा विद्वताको के महत्व ! खर्च गर्न नमिल्ने भए धनी हुनुको के मूल्य !

‘म’ यस्तो र यो हुँ । मैले यतिनाम र दाम कमाएको छु । अहंकार साबित गर्न अर्को मानिसको उपस्थिति हुनुपर्छ । अहंकारलाई बलवान बनाउन हामीले आजीवन परिश्रम गरेका छौं । एक्लै बस्ने बित्तिकै एकै पलमा हाम्रो जिन्दगीभरको कमाइमा पानी फिर्छ । त्यसैले एक्लै बस्नु निक्कै पीडादायी हुन्छ ।

एक्लै बस्नुको अर्थ
एक्लै बस्नुको अर्थ हामीसँग मानिस मात्रै होइन, मन भुलाउन कुनै वस्तु पनि छैन भन्नुमा मात्रै सीमित छैन । विचारका रूपमा हामीले हाम्रो मस्तिष्कमा समाज बोकेर राखेका छौं । त्यसैले त भौतिक रूपमा एक्लै बस्दा हाम्रो मस्तिष्कमा विचार तिव्र चल्छ । साचो अर्थमा एक्लै हुनु भनेको समाजको कुनै पनि आयामकाबारेमा विचारसम्म नगरी रहनु हो ।

अन्तमा
वृक्षको जरा भने झैं, अस्तित्व र हाम्रोबीचको जोड हाम्रो जीवनको मूल हो । केन्द्र हो । घर हो । घर नै भुलेपछि मानिस जीवनभर यताउता सडक गल्लीमा भौतारी रहन्छ । घरको अर्थ विश्राम हो । शान्ति हो । त्यसैले विश्रामको लागि शान्तिको लागि घर फर्कनुनै पर्छ । हुनुको बोध नहुँदा भौतिक रूपमा सबकुरा पाएपनि जीवनमा सधैँभर केही कुराको अभाव महसुस गर्छौं । सामाजिक रूपमा हामीले जीवनभर कमाएको मान, पद, प्रतिष्ठा, धन, ज्ञान, साथीसंगती, छवी ति सबै कुरा त हुनुको बोध नभएका कारण महसुस भएको अभाव परिपूर्तिका लागि गरिएका प्रयास मात्रै हुन् ।

सामाजिक पहिचान भन्नु नै मेरो अस्तित्व हो भन्ने विश्वास चाहिं महाभ्रम हो । सत्यलाई नबुझी भ्रमलाई सत्य ठानेर आफ्नै बारेमा भ्रान्ति श्रृजना गरेर बाँच्नु नै दुःखको कारण हो ।

समाजमा रहन पर्ने भएपछि हाम्रो जीवनको सामाजिक पाटो हुन्छ नै । जीवनलाई सहज बनाउन, घर गृहस्त सञ्चालनका लागि परिश्रम त गर्नैपर्छ । तर सामाजिक पहिचान भन्नु नै मेरो अस्तित्व हो भन्ने विश्वास चाहिं महाभ्रम हो । सत्यलाई नबुझी भ्रमलाई सत्य ठानेर आफ्नै बारेमा भ्रान्ति श्रृजना गरेर बाँच्नु नै दुःखको कारण हो । तर हामीले बर्षौंबर्षौंसम्म सत्य मानेको कुरालाई एकाएक भ्रम हो भनेर कसरी जान्न सक्छौं र ? यसको लागि प्रयत्न चाहिन्छ । भ्रमजति गहिरो छ, प्रयत्न उति नै निरन्तर र जवर्जस्त हुनैपर्छ, जसको पहिलो खुड्किलो एक्लै बस्नु नै हो ।
कुनै साधानबिना, कुनै पनि कार्यमा व्यस्त नभई निस्कृय भएर हरेक दिन केही समय एक्लै बस्नुहोस् । यसरी बस्दा आफ्नो शरीर, मनोदशा र विचारलाई नियाल्नुहोस् । आजीवन यसलाई आफ्नो दिनचर्या बनाउनुहोस् । परिवर्तन अवश्य हुन्छ । जानिएन भने एक्लै बस्ने प्रयत्न प्रतिउत्पादक बन्नसक्छ । ध्यान भन्नु नै एक्लै रहेर आफ्नै अवलोकन गर्ने कला हो । एक्लै रहन जानिएन भने कुनै ध्यान विधी सिक्ने र हरेक दिन एक्लै बसेर सोहीको साधना गर्ने गर्नुहोस् । चरम आनन्दको हक तपाईंको नि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय