हाम्रो भूगोललाई आफ्नो रणनीतिक उद्देश्यका लागी प्रयोग गर्ने विदेशी शक्तिको गलत नियत हाम्रो समस्या हो



डा. युवराज संग्रौला ।
अन्तर्रास्ट्रिय परिस्थितिमा परिवर्तनका छाँटकाँट देखिन थालेका छन् । किताब नपढी, दुनियाँले भोगिरहेका तथ्य र तथ्यांकको विश्लेषण नगरी, आफ्नो र अरुका परिस्थितिको तुलना नगरी, तथा क्षेत्रीय तथा अन्तरास्ट्रिय आवश्यकताको बारेमा राम्रो विश्लेषण नगरि, विश्वको राजनीति कता जाला र त्यसले नेपालको भूरणनीतिक अवस्थामा कस्तो असर पार्ला भन्ने कुरा यकिन गर्न सकिन्न । केही यथार्थता अहिले प्रकट भएका छन् जस्तैः

१. भारतीय राजनीति र कुटनैतिक सम्बन्धका क्षेत्रमा दुईटा धारहरु प्रष्ट भैसकेका छन् । जयशंकरको पश्चिम भक्तिमा आधारित रणनीति र मोदीलगायतका कतिपय मानिसको राष्ट्रियता र एसिया नजिकको नीतिका बीचमा टक्करको अवस्था देखिएको छ । भारत फेरि एउटा गल्तीको फड्को मार्दैछ । अब बेलायतबाट अमेरिकी उपनिवेशको यात्रा हो ।

२. नेपालमा अहिले अमेरिका र चीनको सम्बन्धको बाक्लो प्रभाव निर्माण भएको छ । नेपालमा चीनको कुटनैतिक, ब्यापारीक र अन्य कुनै सम्बन्धको अवस्था उन्मूलन हुनुपर्छ भन्ने अमेरिकी रणनीति हो । त्यसैले जुन १, २०१९ को इन्डोप्यासिफिक प्रतिवेदनमा नेपालका परराष्ट्र मन्त्रीको ठूलो फोटोसहित अमेरिकी इन्डोप्यासिफिक कमान्डका कमान्डरको नेतृत्वमा नेपालसँग स्थल सेना (लेन्ड आर्मी) निर्माण गर्ने २ चरणको छलफल भएको कुरा उल्लेख छ । यति छलफल हुनु नै (यदि भएको हो भने) नेपालले असंलग्नताको सिद्धान्त वा नीति छोडेको मान्यता निर्माण गरेको ब्याख्या हुन सक्तछ।

३. एमसीसीको सम्झौतामा भारतलाई एकलौटी विद्युत बिक्री गर्ने प्रावधान र भारतको पश्चिम सँगको गठबन्धन निर्माण हुने सम्भावनाले देश अब अमेरिकी प्रबाहमा बग्ने हो भन्ने शंका उत्पन्न हुनु स्वाभाविक हो । हामीले भारत र चीनका बीचमा सन्तुलन गर्न सिकिसकेका छौं तर चीन र अमेरिका बीचमा सन्तुलन गर्ने हाम्रो अनुभव छैन र क्षमता पनि छैन । कतै यस्तो नहोस्, यस सन्तुलनमा नेपाल नेपाल चीनको दृस्टिकोणमा परम्रागत छिमेकी स्थानबाट हटेर चीनेले मोनिटरिङ्ग गर्ने देशको हैसियतमा पुगोस् ।

४. अन्तर्रास्ट्रिय सम्बन्धका मान्यताहरु बदलिएका छन् । मैले मेरो पुस्तक जिओइकोनोमिक्समा पश्चिम केन्द्रित मान्यताको खण्डन गरेको छु । पावरका आधारमा कुटनैतिक सम्बन्धको व्याख्या गर्ने युरो(अमेरिकी प्रणाली उपनिवेशी र प्रभुत्वबादी प्रणाली नै हो। यसले विश्वलाई सधैं बिभाजन गर्दै आएको छ।

५. मैले भनेको छु, हाम्रो जमिन वा भूगोल हाम्रो समस्या होइन । हाम्रो जमीन वा हाम्रो भूगोललाई आफ्नो रणनीतिक उद्देश्यका लागी प्रयोग गर्ने विदेशी शक्तिको गलत नियत हाम्रो समस्या हो । हामीले अहिलेसम्म नबुझेको कुरा यही हो । हामीसँग सिमाना जोडिएका छिमेकीसँगको सम्बन्ध ब्यबस्थापन गर्न हामीले जानेका छौँ । भारत र चीनको प्रतिस्पर्धामा हामी जोगिन सक्छौं । तर एउटा हामीसँग सिमाना जोडिएको र अर्को हामीसँग सिमाना नजोडिएको देशसँगको प्रतिस्पर्धाको ब्यबस्थापन कसरी गर्छौं ?

६. यदि भारत र अमेरिकाको गठबन्धन बन्ने हो भने भारत र अमेरिका एकातिर र चीन एकातिर हुँदा हाम्रो एक चीन नीति र तिब्बत चीनको अभिन्न अङ्ग हो भन्ने मान्यतालाइ कसरी कायम राख्छौं ? अमेरिकी तिब्बत कानुनलाई कसरी ब्यबस्थापन गर्छाैं ? भारतको दबाबको पक्षमा अमेरिका इन्डोप्यासिफिक रणनीति सहित उभिँदा हाम्रो सन्तुलनको नीति के हुन्छ ?

हाम्रा सामुन्ने चुनौती थुप्रै छन् । इतिहासको अध्ययनबाट पश्चिमले साम्राज्यवादी नीति बदेलेको देखिदैन । भारतले सधैं नेपालको स्वतन्त्रता उसको “निर्देशन“ मा चल्नुपर्छ भन्ने मान्यता राख्दै आएको छ । हामी यस मान्यतालाई स्वीकार गर्न सक्दैनौ। भारतको वैदेशिक सम्बन्ध बेलायती उपनिवेशले ग्रहण गरेका सिद्धान्त भन्दा फरक छैन । नेपालको इतिहास दुई सय बर्षदेखि निरन्तर अपमानित छ ।

नेपालको आन्तरिक राजनीति भारत र पश्चिमी देशले बिभाजित गरेको जातिय बिभाजनद्वारा प्रभावित छ । नेपालको संविधान बन्दा भारतले आफ्नो भूमिका खोज्ने प्रयास नेपालको स्वतन्त्रता उसले निर्देश गरे अनुसार चल्नुपर्छ भन्ने मान्यताबाटै निर्देशित थियो र पश्चिमी मान्यता चीनको उदयलाई रोक्न नेपाललाई ककपिट बनाउने परिपञ्चबाट निर्देशित थियो । तर नेपालका राजनीतिक दलले यस यथार्थता बुझ्नु आवश्यक देखेनन् । हामीले हाम्रो अवस्थाको पुनरावलोकन गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनमा कोरोना संक्रमित पुरुषको निधन

काठमाडौं । कोरोना संक्रमणबाट चितवनको रत्ननगरका एक पुरुषको निधन भएको छ । मंसिर

आजदेखि कक्षा १२ को परीक्षा सुरु

काठमाडौं । कोरोना भाइरस महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को

बाइडनलाई सत्ता हस्तान्तरण सुरु गर्न ट्रम्पद्वारा स्वीकार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता