कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको मृत्यु



वीरगन्ज । कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको मृत्यु भएको छ । ५६ वर्षीय भारतीय नागरिक उनको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो ।

अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार उनी लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित थिए । उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए । यसअघि बिहीबार मात्र पर्सामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको थियो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाकी सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध सहकारीको रकम हिनामिनामा मुद्दा चलाउन सिफारिस

मध्यविन्दु (नवलपरासी)  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे

काठमाडौं–तराई फास्ट ट्रयाकको १,६५३ मिटरको धेद्रे सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौँ । काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङ शुक्रबार ब्रेक थ्रु भएको

संंक्रमणकालिन न्यायसम्बन्धी विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाउँछुः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलका महासचिव अग्नेज कालामार्डले शुक्रबार

बालुवाटार बैठकमा कांग्रेसले भन्यो- गृहमन्त्री जोडिएका सहकारीको छानबिन हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ र उपप्रधान