एकाध वर्षभित्र मुलुकमा जे पनि हुन सक्दछ



केशवप्रसाद भट्टराई ।

हाम्रो वर्तमान सङ्कटका मूलत: सात पाटा छन् –
पहिलो , ओली, प्रचण्ड, र माधव नेपालहरूको नितान्त व्यक्तिगत,अराजक र सिद्धान्तहीन महत्वाकांक्षा,
अनि आफ्नो राजनीतिक भविष्यको सुरक्षाको चिन्ता र त्यस विरूद्धका उनीहरूका दृष्य -अदृष्य आन्तरिक र वाह्य साँठगाँठ र षड्यन्त्र !

दोस्रो, संविधान र शासन व्यवस्थावीच बेमेलको सैद्धान्तिक स्थिति — जस्तो राज्यले कुनै दर्शनलाई आफ्नो लक्ष  बताउनु भनेको संविधानले नै एक दलीय अधिनायकवादको बाटो खोल्नु हो I त्यसको स्वाभाविक परिणाम नै मुलुक एक दलीय अधिनायकवाद तर्फ क्रमश: लागेको अवस्था छ I त्यो भनेको , स्पष्ट रूपमा नेपालको संविधानले समाजवादलाई आफ्नो लक्ष उल्लेख गरेर समाजवादलाई राज्य दर्शनको रूपमा स्वीकार गरेको र दुई तिहाई बहुमतको कम्युनिस्ट पार्टी माथि पार्टी भित्र र बाहिरबाट समाजवादको बाटोमा जान निरन्तर दवाव परिरहेको तर सामान्य संवैधानिक बाटोबाट त्यो सम्भव नभएको अवस्थामा मुलुकलाई त्यस्तो अधिनायकवाद तर्फ लैजाने प्रयाश विभिन्न कोणबाट भइरहेको छ I
सत्तारूढ दलको नेतृत्व र सरकारमा बस्नेहरू फरक मत र दृष्टिकोणका होलान तर अवशर नपाएका ,कम्युनिस्ट विचार धारामा दीक्षित र शिक्षित हजारौँ -हजार व्यक्तिहरू यो अवशरको अत्यधिक उपयोग गरेर उनीहरूले स्वीकार गरेको जनवादी व्यवस्थामा प्रवेश गर्न दवाव निर्माण गरिरहेका छन् I  सतहमुनी कम्पन पैदा गरिरहेका छन् I

नेपालको कम्युनिस्ट पार्टीको शक्तिको अवस्था र समाजवादलाई राज्य दर्शनको रूपमा गरिएको स्वीकृतिले नेपालका मात्रै होइन संसारभरका कम्युनिस्टहरूले नेपालको कम्युनिस्ट पार्टीलाई नयाँ आशा र उत्साहकासाथ हेरिरहेका छन् I सहयोग र समर्थन गरिरहेका छन् I

सत्तारूढ दलमाथि दवाव पनि निर्माण गरिरहेका छन् I  चीनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीवीचको सम्वन्धका विभिन्न आयामहरू त्यसैको एउटा दृष्टान्त हो I

चीन घोषितरूपमा नै प्रो-एक्टिभ डिप्लोमेसीमा नेपालमा सशक्तरूपमा उपस्थित भएकोलाई यसरी बुझ्न सकिन्छ I
भारतका कम्युनिस्ट पार्टीहरू र अन्यहरू पनि लागिरहेकै छन् I

तेस्रो, स्वाभाविकरूपमा त्यस्तो अधिनायकवाद तर्फको सैद्धान्तिक यात्रालाई रोक्ने छेक्ने अभ्यास पनि भइरहेको छ I
त्यस्तो अभ्यास यसको संसदीय चरित्रले गरिरहेको छ I
सत्तारूढ दलकै संसदीय प्रजातन्त्रका मूल्य र विधिहरूमा लामो समय देखि अभ्यस्तहरूको एउटा ठूलो पङ्क्ति नै त्यसमा संलग्न छ I
त्यस्तो संसदीय चरित्र अनुसार विभिन्न मुलुकका प्रजातान्त्रिक शक्तिहरू पनि नेपालको प्रजातन्त्रको रक्षाकोलागि त्यसरी नै लागि परिरहेका छन् I
यसरी नेपालको राजनीतिमा विश्वका कम्युनिस्ट र प्रजातान्त्रिक शक्तिहरू आपसमा जुधिरहेका छन् I
त्यस्तो जुधाई यहाँको सत्तारूढ दल भित्र पनि छ र वाहिर पनि I
नेपालको वर्तमान द्वन्द्व पछाडि यसरी त्यस्तो वाह्य पक्ष समेत संलग्न छ I

चौथो, नेपालका प्रमुख राजनीतिक दलहरू र केही वाह्य शक्तिहरूले राजा, यहाँको धर्म, संस्कृति, परम्परा र सामाजिक पद्धतिलाई नेपालमा आफ्ना राजनीतिक र रणनीतिक लक्षहरूमा वाधक देखे I  त्यसैले राजसँस्था हटाइयो र भविष्यमा राजसँस्थाको सम्भावित पुनरागमन रोक्ने, छेक्ने उद्देस्यले राजसँस्थाका सामाजिक र सांस्कृतिक आधारहरूलाई भत्काइयो I

राज्यको एकात्मक चरित्र पनि त्यस्ता राजनीतिक र रणनीतिक लक्षहरूमा वाधक देखिएकोले त्यसलाई पनि भाँच्ने उद्देस्यले उद्दण्ड र अराजक जातीय राज्य दर्शन, धर्म निरपेक्षता र संघियता ल्याइयो I

राजनीतिक उद्दण्डता, अराजकता र जातीय र क्षेत्रीय घृणा, द्वेष र कुण्ठाको खेती गरेर राष्ट्र र राज्यलाई भाँच्न र भत्काउन त सकियो
तर राज्य र राष्ट्रको एकता र सद्भावलाई बोक्ने सँस्था र संरचना निर्माण गर्न सकिएन I त्यो उनीहरूको स्वभाव, संस्कार र क्षमताको कुरा पनि थिएन I

त्यसबाट उत्पन्न स्थितिकै परिणाम राजनीतिक र शासन संचालन र न्युनतम सेवा प्रदायन क्षेत्रमा मात्र नभएर विभिन्न सामाजिक, आर्थिक, वित्तीय र व्यापारिक तथा विभिन्न सेवा र व्यवशाय क्षेत्रमा देखिएको चरम अराजकता र अव्यवस्था हो I त्यसरी उत्पन्न उत्पन्न अराजकता र अव्यवस्थालाई सामान्य संसदीय राजनीतिले सम्वोधन गर्न नसकिरहेको अवस्थामा जनमत र मुलुक राज्य संयन्त्र क्रमशः अधिनायकवाद मैत्री बन्दै गएको देखिन्छ I

तर संसदीय व्यवस्था त्यहाँ फेरी वाधक बनिरहेको छ र त्यसले प्रणालीमा दवाव, तनाव र द्वन्द्व निर्माण गरिरहेको छ I त्यसैले संसदीय व्यवस्थालाई नै यहाँ पनि सङ्कटको श्रोतको रूपमा बुझ्ने र बताउने गरिएको छ I
स्थायी सरकार भनेर चिनिने प्रशासन यन्त्र माथि दोष थोपरेर चोखो हुने चरम गैर जिम्मेवार र अनुत्तरदायी दाऊ खेलिँदै छ I

पाँचौँ , भारतसँग हाम्रा समस्या , विवाद, द्वन्द्व र तनाव छन् I भारतसँगका सताव्दियौंदेखिका हाम्रा धार्मिक, सामाजिक, साँस्कृतिक सम्वन्ध छन् I त्यसमा भूगोलका सीमा शिक्षा र सन्देश पनि मिसिएका छन् I फेरी त्यसैमाथि मुलुकको रणनीतिक हित, स्वार्थ र हाम्रा सत्ताधारी समूह र राजनीतिक दलहरूका स्वार्थ र महत्वाकांक्षाहरू वीचको अन्तरघुलनबाट दशकौँ देखि नेपालको परराष्ट्र नीति र आन्तरिक राजनीतिले एउटा चरित्र ग्रहण गरेको थियो र छ I

दुई मुलुक वीचको त्यो सम्वन्धले हाम्रालागि समस्या पनि उत्पन्न गरेको थियो , नेपालको विदेश नीति र आन्तरिक राजनीतिको त्यो चरित्रले नै भारतसँगका हाम्रा समस्या , विवाद, द्वन्द्व र तनावहरूलाई सम्वोधन पनि गर्ने गर्दथ्यो I हाम्रो त्यो सम्वन्धका लाभ पनि थिए र हानी पनि थिए र छन् I

हामीले हानी त हेर्यौं तर लाभ हेर्न सकेनौ , लाभलाई जगेर्ना गर्ने बारे सोचेनौ I लाभ जति दलका व्यक्तिले लिने, सरकार र सत्ता मा बस्नेले लिने र हानी जति मुलुकलाई पार्ने क्रममा हामी लामो समय लागिरह्यौं I  नेपाली राजनीति र वौद्धिक समुदायको एउटा समूह नेपालको भारतसँगको सम्बन्धलाई “विशेष सम्वन्ध”ले सम्वोधन गर्न चाहँदैन I  तर विभिन्न आधारमा दुइ मुलुक वीचको सम्बन्ध विशेष नै छ I खुला सीमाना एउटा टड्कारो उदाहरण हो I

भारतसँगको सम्बन्धको विशेष चरित्र त्यसबाट उत्पन्न हुने चुनौतीलाई दीर्घकालीनरूपमा व्यवस्थापन गर्ने उद्देस्यले र्न चीनसँगको सम्वन्ध विस्तारलाई रणनीतिक रूपमा उपयोग गर्ने एउटा शक्तिशाली आन्तरिक र वाह्य पक्ष पनि मुलुकमा क्रियाशील भइरहेको र सम्बन्धको त्यस्तो विशेष चरित्रलाई समय अनुरूप सामान्य समायोजन गरेर कायम राख्नु पर्दछ भनेर अर्को त्यस्तै पक्ष पनि क्रियाशील रहेको अवस्थामा दुई मुलुक भन्दा परका शक्ति राष्ट्रहरूको रूची र स्वार्थ समेत त्यसमा मिसिएको तर नेपाली राजनीतिले एउटा सहज, व्यवहारिक र मान्य समाधान दिन नसकिरहेको अवस्थाले पनि नेपालको राजनीतिमा सङ्कट थपिरहेको छ I

स्पष्ट शव्दमा भन्दा,चीन लगायतका मुलुकमा आड लागेर बढी लाभ लिने, खोज्ने क्रममा हाम्रा राजनीतिक आग्रह र कुण्ठा समेत मिसाएर अव हामीले भारतसँगको सम्वन्धको त्यो चरित्रलाई संरचनात्मक रूपमा नै अन्त्य गर्ने प्रयाश गरिरहेका छौँ I भगवान रामचन्द्र र अयोध्याबारेको हालैको प्रधानमन्त्रीको टिप्पणी भारतसँग विद्यमान जनस्तरका त्यस्ता सघन र बहु आयामिक धार्मिक, सांस्कृतिक र सामाजिक सम्वन्धलाई तोडेर त्यसलाई औपचारिक सरकारी स्तरमा सीमित गर्ने रणनीतिक उद्देस्यले आएको देखिन्छ I यस्ता कुराहरूले उत्पन्न गर्ने तनाव र दवाव हाल हामीले विभिन्न रूपमा सामना गरिरहेका छौँ I

छैठौँ , कुनै पनि मुलुकको राष्ट्रिय सुरक्षा भनेको मित्र राष्ट्रहरूसँगको सम्वन्धको सुरक्षा पनि हो I कथित क्रान्तिकारी नारा र राजनीतिक महत्वाकांक्षाको लडाईमा हामीले भारत र अमेरिका जस्ता मुलुकहरूसँगको सम्वन्धमा आफ्नालागि भन्दा पनि अरूकालागि पनि तनाव र द्वन्द्व बेसाइरहेका छौँ I  त्यो द्वन्द्व र तनाव हाम्रो राजनीतिक सङ्कटको चरित्रमा रूपान्तरण हुँदैछ र भइरहेको छ !

सातौँ ,पहिला कुनै स्थान विशेषमा राष्ट्र निर्माण हुन्छ र त्यसले कालान्तरमा राज्यको स्वरूप ग्रहण गर्दछ I यस्तो राष्ट्र र राज्य निर्माणको प्रक्रिया प्राकृतिक हुन्छ र सयौँ वर्ष लगाएर यो प्रक्रिया पुरा हुन्छ I बीसौँ सताव्दीमा आएर राष्ट्र र राज्य निर्माणका कृत्रिम प्रक्रिया आरम्भ भए उदाहरण पाकिस्तान र बङ्गलादेश हो I आज आएर पनि नयाँ नयाँ पाकिस्तान र बङ्गलादेशहरू खडा गरिदै छन् I पछिल्लो उदाहरण दक्षिणी सुडान हो I

लेनिन र स्टालिनले कृतिम राज्यको रूपमा सोभियत सङ्घ निर्माण गरे I सत्तरी वर्ष सम्ममा त्यसले राज्यको रूपमा स्थिरता पाएन I
माओको चीन त्यस्तै नियति भोग्दै थियो I देङ्ग र उनका उत्तराधिकारीहरूले आफूलाई सच्याए र पुरानो चीनको राष्ट्रिय परम्परा र संस्कृतिसँग कम्युनिस्ट शासन प्रणालीलाई जोडेर त्यसलाई राजनीतिक र ऐतिहासिक वैधता दिने कोशिश गरे र गरिरहेका छन् I

आजको राज्य व्यवस्थालाई आज भन्दा २५-२६ सय वर्ष अघिका कन्फ्युसससँग जोडिरहेका, आफूलाई एउटा प्राचीन सभ्यताको प्रतिनिधि राष्ट्रको रूपमा प्रस्तुत गर्न थालेका छन् I तर नेपालमा गिरिजाप्रसाद , प्रचण्ड-बाबुराम र माधव नेपालहरूले नेपाल राष्ट्रको ऐतिहासिक पहिचानलाई मेटेर, मासेर नयाँ र कृतिम बहुराष्ट्रिय राज्यको अवधारणामा मुलुकलाई लगे I राष्ट्र र राज्यलाई दल जस्तै मानव निर्मित कृतिम संगठनको रूपमा बुझे I

नेपालको आजको सङ्कट र समस्या भनेको आफ्नो राष्ट्रिय इतिहासबाट छुट्टिएको , आफ्नो धर्म, समाज, सभ्यता र संस्कृतिबाट अलगिएको गिरिजाप्रसाद , प्रचण्ड-बाबुराम र माधव नेपालहरूबाट खडा गरिएको जातिवादी र क्षेत्रीयतावादी राज्यको स्वरूपमा आएको कथित नयाँ नेपाल हो I आफू सर्वेसर्वा भएको समयमा सत्ता र शक्तिको अहङ्कारको नशाले चूर भएर उनीहरूले नेपाल राष्ट्र र राज्यको स्वाभाविक र प्राकृतिक परिचय खोसेर अलग बाटोमा हिँडाए , त्यसैको परिणाम आजको नेपाल हो I

यो शासन प्रणालीले यी माथि उल्लेखित सङ्कट, विवाद र द्वन्द्वलाई व्यवस्थापन गर्न सक्दैन र जे जस्तो स्थितिमा हामी छौँ सजिलै अर्को विकल्पमा जान पनि दिँदैन I कुनै यौटै दल र शक्तिले त्यो सङ्कटलाई व्यवस्थापन गर्ने सामर्थ्य पनि राख्दैन I त्यसैले राष्ट्रिय सङ्कट गहिरिएको छ I लाग्दछ, भोली, पर्सी, निकोर्सी वा एकाध वर्ष भित्र मुलुकमा जे पनि हुन सक्दछ I

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालुवाटार बैठकमा कांग्रेसले भन्यो- गृहमन्त्री जोडिएका सहकारीको छानबिन हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ र उपप्रधान

सभामुखले जब विपक्षीलाई पेलेर सदन चलाउन खोजे….

काठमाडौँ ।  प्रतिनिधिसभाको शुक्रबार बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।  शुक्रबार बिहान

विशेष अदालतबाट सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर मृत फेला

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल मृत

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’पुष्टि

काठमाडौँ । नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ ।