सरकारले जनताको भलाइका लागि सिन्को भाँच्न सकेनः नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले फागुन ७ गतेदेखि हुने पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्।

समृद्धि अभियान सञ्चालन गर्न सक्ने नेतृत्व पार्टीलाई आवश्यक परेकोले महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ भनेर आफूहरू लागिपरेको उनले बताए।

चाक्सीबारीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पूर्वमहामन्त्री सिंहले समृद्धि अभियान अब कांग्रेसले पूरा गर्छ भन्ने विश्वासका साथ महाधिवेशनमा होमिन लागेको बताएका हुन्।

‘हाम्रो महाधिवेशन फागुनमा छ। नेतृत्व परिवर्तन हुनुपर्छ भनेर हामी लागिरहेका छौं,’ उनले भने, ‘कम्युनिष्टले समृद्धि अभियान अगाडि बढाएनन्। अब कांग्रेसले समृद्धि अभियान अगाडि लैजान्छ भन्ने विश्वासका साथ महाधिवेशनमा लाग्छौं। त्यसका लागि नेतृत्व परिवर्तन गर्नुपर्छ।’कोरोना महामारीमा सरकारले प्रभावकारी काम गर्न नसकेको सिंहको आरोप थियो। कोरोना परीक्षणको दायरा वृद्धि गर्न नसकेको र चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा समेत भ्रष्टाचार भएर लेखा समितिले छानविन गरिरहेको उनले बताए।

‘कोरोना भएको यतिका भइसक्यो सरकारले जनताको भलाइका लागि सिन्को भाँच्न सकेन। चीनबाट ल्याएका मेडिकल सामग्रीमा पनि भ्रष्टाचार गरेर लेखा समितिले सरकारले नेपालको आन्तरिक राजनीतिमा विदेशीलाई खुलेआम हस्तक्षेप गर्न दिएको सिंहको भनाइ छ।

‘चाहिने नचाहिने कुरा गरेर हाम्रो आन्तरिक मामिलामा खुलेआम विदेशीलाई स्वागत गरेजस्तो देखिएको छ,’ उनले भने, ‘हाम्रो राजनीति हामीले गर्ने हो। नेपाली जनताले गर्ने हो। विदेशीहरू आएर हस्तक्षेप गरेका कुरालाई यो सरकारले प्रोत्साहन गरेको छ।’ छानविन गर्दैछ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले