ओलीलाई छाडा छोड्नु खतरनाक हुनेछः भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडा छाड्नु खतरनाक हुने बताएका छन् । अयोध्याकाबारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे टिप्पणी गर्दै भट्टाराईले ओलीका बारेमा उपचार खोज्नुपर्ने बताएका छन् ।

भट्टराईले ट्वीट गरेका छन्,‘ अति गरे खति हुन्छ भन्छन् ! प्रम केपी शर्मा ओलीका वचन र कर्मले सीमा नाघ्दैछन् । संसदमा ‘सिंहमेव जयते’र बेसार पुराणदेखि अयोध्या पुराणसम्म आउँदा उहाँको चिन्तन प्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश र संकटकालको ‘खड्ग’ समेत उहाँको हातमा छ ! अब उहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं!’

सोमबार आयोजित एउटा कार्यक्रममा ओलीले भनेका थिए, ‘हामी अहिले पनि ठानिरहेका छौँ हामीले भारतका राजकुमार रामलाई सीता दियौँ। भारतका हैन अयोध्याका रामलाई सीता दिएका हौँ। अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन।’
प्रधानमन्त्री ओलीले अयोध्या भारतमा रहेको भए त्यहाँका राजाका छोरा विवाहका लागि कसरी जनकपुर आइपुगे भन्ने प्रश्न समेत उठाएका छन्।

“यहाँको जनकपुर वहाँको अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ। कसले के गर्या छ। त्यस बेलाका जमानामा न टेलिफोन, न मोबाइल! कताबाट थाहा होस्! थाहा हुन पनि सम्भव थिएन,“ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु न्याय सुनिश्चित गर्न र क्षतिका मुद्दाहरूलाई सम्बोधन गर्न विश्व समुदायलाई दबाब दिने अन्तर्राष्ट्रिय संवादको निष्कर्ष

  काठमाडौँ । नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार

इलाम । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको

सार्वभौमिक समानताका आधारमा द्विपक्षीय सम्बन्ध : उपप्रधानमन्त्री श्रेष्ठ

  काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले छिमेकीलगायत सबै मुलुकहरुसँग सार्वभौमिक

संसदीय समितिको टिओआरमा रवि लामिछानेको नाम राख्नैपर्ने कांग्रेसको अडान

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेशमा नेपाली कांग्रेसले गृहमन्त्री