भारतले सांस्कृतिक तथ्यमाथि पनि अतिक्रमण गर्योः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सांस्कृतिकरुपमा पनि हामीलाई थिचेको बताएका छन् । भानु जयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्रीले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका हुन् ।

प्रधानमन्त्रीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको बताए । प्रधानमन्त्रीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न गरे । उनले त्यो समयमा कुनै सञ्चार सुविधा विना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको बताए ।

प्रधानमन्त्रीले भने, ‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको विहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस् । थाहा हुन सम्भव थिएन ।’ प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भएपनि त्यो श्रृंखलाले निरन्तरता पाउन नसकेको बताए ।

उनले देशप्रतिको, जनताप्रतिको स्नेह र भलाईप्रतिको निष्ठा र मानवजातिको निष्ठामा कहिल्यैपनि कमी नहुने बताए । प्रधानमन्त्रीले बुद्धि क्षमता ज्ञानको सीमा हुने तर निष्ठा सीमारहित हुने बताए । उनले देशलाई अघि बढाउने सहयात्री आफू भएको र यसका आफू प्रतिवद्ध रहेको उल्लेख गरे । प्रधानमन्त्रीले नेपाली समाजको रक्षा तथा कला साहित्य र सस्कृतिको जर्गेना गर्न पनि प्रतिवद्ध भएर लाग्नुपर्ने पनि बताए ।

प्रधानमन्त्रीले साहित्यिक क्षेत्रमा भानुभक्तको योगदान ठूलो रहेको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले हिमवत्खण्ड कला साहित्य सम्मेलन २०७५–स्मारिक बिमोचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा