बुधबारको बैठकमा पनि प्रधानमन्त्रीको राजीनामा माग



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बुधबारको बैठक पाँच जना सदस्यले बोलेपछि भोलिसम्मका लागि स्थगित भएको छ । करिब एक घण्टा बसेपछि बैठक स्थगित गरिएको हो । नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम भएकाले बैठक स्थगित गरिएको हो । छन्त्यालको बुधबार विहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।

आजको बैठकमा स्थायी कमिटी सदस्यहरु लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए । बैठकमा मदन जयन्तीका अवसरमा असार १४ गते प्रधानमन्त्रीले राख्नुभएका विचार, सरकार हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका नेताहरूको संलग्नता रहेको र दुई दिनअघि निर्वाचन आयोगमा दर्ताको लागि आवेदन परेको भनिएको नेकपा(एमाले) को सम्बन्धमा छलफलमा सदस्यहरूले धारणा राखेका थिए ।

बैठकमा पाँच मध्ये चार जनाले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । तर प्रवक्ता नारायणकाजी श्रेष्ठले भने तपाईँहरुलाई थाहा छँदैछ नि भन्दै विषयबस्तुको बारेमा नबोली पन्छिएका थिए । मंगलबारको बैठकमा अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधव कुमार नेपाल, झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमसहित १७ जनाले प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।

त्यसपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । त्यसपछि प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्री तथा नेताहरुसँग आज बिहान परामर्श गरेका थिए । त्यसक्रममा नेताहरुले प्रधानमन्त्रीलाई पार्टी एकता जोगाउन सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले