निजी क्षेत्रलाई अख्तियारको छानबिनको दायरामा ल्याउन खोज्नु संविधानको प्रावधान विपरित : कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अख्तियारले निजी क्षेत्रलाई समेत छानविनको दायरामा ल्याउने गरी तयार पारेको विधेयक संविधानको प्रावधान विपरित बताएका छन् । मंगलवार सामाजिक सञ्जाल ट्वीटरमार्फत कोइरालाले अख्तियारको काम कारवाही प्रभावकारी हुन नसकेको स्थितिमा यो विधेयक उसको आफ्नो मूल काम छाडेर अन्तै ध्यान मोड्न खोजिएको षड्यन्त्र भएको बताएका हुन् ।

कोइरालाले लेखेका छन्, ‘अख्तियारले निजी क्षेत्रलाई समेत छानविनको दायरामा ल्याउने गरी तयार पारेको विधेयक संविधानको प्रावधान विपरित छ । नेपालको संविधानको धारा २३९ ले स्पष्ट रुपमा ‘सार्वजनिक पद धारण गरेको व्यक्ति’ भनेर किटान गर्दागर्दै यसरी विधेयक ल्याउनु अधिनायकवाद तर्फको सरकारको अर्को फड्को हो । त्यति मात्र नभई हालका वर्षमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्बन्धमा अख्तियारको काम कारवाही प्रभावकारी हुन नसकेको स्थितिमा यो विधेयक उसको आफ्नो मूल काम छाडेर अन्तै ध्यान मोड्न खोजिएको षडयन्त्र हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको