बलिउडको नातावाद सुशान्तको आत्महत्याको कारण हो त ?



गोपाल ढकाल।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा हुने गरेको नातावाद र सिण्डिकेटको बिषयलाई लिएर चर्को बहस शुरु भएको छ।
मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ। त्यहाँ नातावाद हावी छ। सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने निर्माताहरूविरुद्ध आत्महत्याका लागि उक्साएको लगायतका आरोप लगाउन थालिएको छ। सुशान्तले आत्महत्या गर्नु यसैको उपजको रुपमा धेरैले ब्याख्या गर्न थालेका छन्।

नेपाली चलचित्र क्षेत्रमा पनि परिवारवाद, नातावाद र कृपावाद जस्ता कुराहरुले जरा गाड्दै गइरहेकोछ। मेहेनत गरेर अगाडि बढ्न खोज्ने र अभिनयमा अब्बल कलाकारलाई काम पाउनै मुस्किल छ भन्ने कुराहरु आइरहेका छन्।

पछिल्लो समय केही कलाकर्मीहरुले नेपाली चलचित्र क्षेत्रमा भइरहेको विभेद, गुठबन्दी , परिवारवाद तथा नाताबाद (नेपोटिजमको) बिषयमा खुलेर आवाज उठाउन थालेका छन्। अभिनेत्री बर्षा सिबाकोटीले त आफू समेत यसबाट पीडित भएको खुलासा गरेकी छन्। पक्कै पनि नातावाद, कृपावाद, बहिस्कारण, सिण्डिकेट, अपमान, भेदभाव जस्ता कुराले मानिसको मनमा पक्कै चोट पुर्याउँछ।

जसले मनोसामाजिक समस्या तथा मानसिक रोग निम्त्याउन सक्छ। फिल्म जस्तो आफ्नो कला र सृजना देखाउने क्षेत्रमा यस्तो ब्यबहारले यस क्षेत्रको बिकासमा नै असर पुर्याउने गर्छ। यसलाई कदापि राम्रो मान्न सकिँदैन। तर बलिउड तथा कलिउडमा यसले लामो समय देखि जरा गाडेको देखिन्छ।

प्राय जसो सबै क्षेत्रमा सिन्डिकेट देखिन्छ। फिल्म क्षेत्रमा त झन आफ्नो वर्चश्व कायम राख्न अनेकन टिकडम हुने गर्छन्। यस क्षेत्रमा लागेका घरनाका आफन्तले मात्र अबसर पाएको, प्रतिभा हुँदा हुँदै पनि अरु पछि पर्नु परेको ज्वलन्त उदाहरणहरु प्रशस्त छन ।

अवसर नपाए पछि आफै लगानी गरेर कलकार भएका पनि धेरै भेटिन्छन्। यति हुँदा हुँदै पनि फिल्म उद्योग विशुद्घ कलाकारिता क्षेत्र मात्र नभएर एक किसिमले ब्यवसाय पनि हो। फिल्म बनाउनेले नाफा घाटाको हिसाव किताव गर्छ। निश्चित रूपमा उसका केही स्वार्थ पनि हुने गर्दछन्। जसले गर्दा लगानीकर्तालाई सजिलोसँग औंला उठाउन पनि सकिरहेको हुँदैन। यस कारण क्षमता भएकाहरु पनि निरीह हुन बाध्य देखिन्छन्।

आत्महत्याको कारण खोज्ने हो भने यसको प्रमुख कारण मानसिक रोगलाई लिने गरिन्छ । त्यसमा पनि डिप्रेसन एक नम्बरमा पर्ने गर्छ। विभिन्न कारणले गर्दा मानसिक समस्यमा परेपछि बेलैमा सहि उपचार हुन नसक्दा आत्महत्या जस्तो दु:खद घटना घटन सक्छ।

तर आत्महत्याको पछाडिको कारणलाई बेवास्ता गर्दै फरक व्याख्याले समाजमा आत्महत्या प्रतिको बुझाई र धारण गलत बन्न जान्छ। फिल्म नपाउँदैमा, ऋण लाग्दैमा, प्रेममा असफल हुँदैमा वा अन्य एउटै मात्र कारणले कसैले आत्महत्या गर्दैन। यसका पछाडि धेरै कारक तत्वले प्रभाव पारेको हुन्छ। आत्महत्याको हिसावले केही व्यक्ति बढी जोखिममा परेका हुन्छन्। उनीहरुले आत्महत्या गर्ने संभावना धेरै हुन्छ।

पेशाको हिसावले पनि व्यक्तिहरुमा आत्महत्याको जोखिम बढी हुन्छ। तनावपूर्ण पेशा अंगाल्ने व्यक्ति अरु पेसामा भन्दा आत्महत्याको जोखिम बढी हुन्छ।
फिल्म वा कलाकारिता पेशा पनि तनावपूर्ण पेशा हो। यो पेशामा स्थापित हुन धेरै संघर्ष गर्नुपर्छ।

दर्शकले सधैं नरुचाउन पनि सक्छन्। सधैं भरी एउटै उचाई नहुन सक्छ। दर्शकको आलोचना खप्नु पर्ने हुनसक्छ। दर्शकको एक अर्का कलाकारबीच तुलना गर्ने स्वभाव हुन्छ। धेरै कलाकारलाई दर्शकको यो व्यबहार मन नपर्न सक्छ। कलाकारहरु स्वभापत महत्वकाँक्षी पनि हुन्छन्। दर्शकलाई रिझाई राख्न देखापटी गर्नु, आफूलाई चर्चामा राखी राख्न विभिन्न हडकण्ड देखाउनु उनीहरुको बाध्यता हुनसक्छ।

घरपरिवारलाई समय दिन नसक्दा परिवारिक बेमेल र खटपटले सताउन सक्छ। यी र यस्ता कारणले कलाकारमा मानसिक तनावले सताउने जोखिम बढी हुन्छ। जसले मानसिक समस्यामा पार्न सक्छ। आत्महत्या जस्तो समाजको अहिलेको जटिल सामाजिक समस्यालाई संक्रिण रुपले हेर्न र ब्याख्या गर्नु हुँदैन। आत्महत्या मानसिक रोगको एउटा परिणामको रुपमा बुझ्नु उतम हुन्छ।

बलिउड अभिनेताको आत्महत्याको कुरा गर्दा उनी बिगत ६ महिना देखि डिप्रेसनमा थिए भन्ने कुरा बाहिर आएको छ। तर पारिवारले यो हत्या हुनसक्ने आशंका गरिरहेका छन्। यद्यपि उनको मुत्यु झुण्डिएर भएको देखिएको छ।

उनी के कारणले गर्दा डिप्रेसनमा थिए भन्ने कुरा फरक हो। डिप्रेसन हुनुमा धेरै कारण हुन सक्छन्। व्यक्तिको व्यक्तित्व, स्वभाव, जीवनशैली, रहन सहन आदि कुराले पनि मानसिक रोग तथा आत्महत्याको जोखिम बढाउँछ।

उनले पनि अरु कलाकारहरुले भोग्नुपरेका साझा समस्याहरु भोग्नु पर्यो होला। उनी पनि अरु कलाकारहरु झैं महत्वकाँक्षी पनि थिए होलान। समचारहरुमा उनमा पचासौं सपनाहरु थिए जुन पूरा हुन सकेनन् भन्ने जस्ता कुरा बाहिर आएका छन्।

सुशान्तलाई आत्महत्या गर्ने बाध्य बनाइएको हो भन्दै सलमान खानसहित ८ जना बिरुद्ध दुरुत्सानको मुद्दा समेत दायर गरिएको छ। अदालतले यसलाई कसरी लिन्छ हेर्न बाँकी छ। कसैलाई आत्महत्या गर्न बाध्य बनाउनु एक किसिमले अपराध नै हो।

यसको साक्षीमा अभिनेत्री कंगना रनावत बसेकी छन्। कंगनाले भनेकी छन्, ‘इन्जिनियरिङमा राम्रो र्यांकमा आएर सुशान्तले छात्रवृत्ति पाएका थिए। त्यत्रो संघर्ष गर्दै आएका उनको दिमाग कसरी कमजोर हुन सक्छ र आत्महत्या गर्न सक्छन् ?’

कंगनाको बुझाइमा कमजोर दिमाग भएको मान्छेले मात्र आत्महत्या गर्छ भन्ने देखिन्छ। तर यो बुझाइ गलत हो। डिप्रेसनमा गएपछि व्यक्तिको आफूलाई हेर्ने दृष्टिकोण आत्मवल, निर्णय लिने क्षमता कमजोर भएर जान्छ।

मानसिक स्वास्थ्य समस्याका बारेमा जनचेतनाको ठूलो आवस्यकता देखिन्छ। डिप्रेसन तथा आत्महत्याका विषयमा सत्य तथ्य जानकारी दिन सके तथा यस बिषयमा बहस र छलफल अगाडि बढाउन सके यस्ता दुःखद घटनाहरुलाई कम गर्न सकिन्छ।

ढकाल मनोविद् हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारीको ८७अर्ब खै ?

नारायण गाउँले । सहकारीको ८७अर्ब खै ? भन्ने कतै सुन्नुभएको होला ! ८७

अजिङ्गरको कथा

डा. गोविन्दशरण उपाध्याय । मैले लेखेको र तपाईंले एकएक अक्षर गरेर पढ्दै गरेको

विशेष अदालतले सफाइ दिएको मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

  काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला चित्त नबुझेको

पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम

गण्डकी। पोखरा महानगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन २०८१ अनुसार महानगपालिकाको कूल