कोरोना नियन्त्रणमा प्रभावकारी काम नभएको भन्दै प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षणपत्र



काठमाडौं । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारको काम प्रभावकारी नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा गएको संसदीय दलको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

सरकारले क्वारेन्टाइन व्यवस्थित नगरेको, पीसीआर विधिबाट कोरोना परीक्षणको दायरा वृद्धि नगरेको, विश्वसनीय नभएको आरडिटी विधिबाट परीक्षण गरेकोप्रति कांग्रेसले असन्तुष्टि व्यक्त गर्दै आएको छ । कांग्रेसले बताउँदै आएको छ । केही दिनअघि बसेको कांग्रेस केन्द्रीय समिति बैठकले कोरोना नियन्त्रणमा सरकारले लिएको नीति असफल भएको निष्कर्ष निकालेको थियो ।

कांग्रेसले ७७ जिल्ला, प्रदेशमा मुख्यमन्त्रीमार्फत् र केन्द्रमा संसदीय दलले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । सरकारले कोरोना नियन्त्रणमा अहिलेसम्म दश अर्ब खर्च भइसकेको बताएको छ । तर उक्त खर्च पारदर्शी हुनुपर्ने कांग्रेसले बताउँदै आएको छ।

 कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षणपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन