कोरोना महामारीको सन्दर्भमा सरकारको अर्कमण्यताविरुद्ध कांग्रेसले विशेष ज्ञापन पत्र बुझाउने



काठमाडौं । कोरोना नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम नचालेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले ज्ञापनपत्र बुझाउने भएको छ। असार २ गते देश र विदेशस्थित जनसम्पर्क समितिमार्फत कांग्रेसले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको हो।  ‘कोरोना महामारीको सन्दर्भमा सरकारको गैर जिम्मेवारीपन, अकर्मण्यता, असक्षमता र भ्रष्टाचारको विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ २०७७ असार २ गते दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थितिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यस कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो।

कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ को महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका सम्बन्धमा नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन जेठ २६ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे बमोजिम पार्टीका नेता श्री रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डलले नेपाल सरकारका प्रधानमन्त्रीलाई जेठ २८ गते ध्यानाकर्षण पत्र बुझाइ सकेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा