संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत



काठमाडौं । नेपालको नयाँ नक्सासहितको निशान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतीले स्वीकृत भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा विधेयक प्रस्तुत गर्दा सबै सांसदले त्यसको समर्थन गरेका थिए । विधेयकको विपक्षमा कसैले आवाज नउठाएपछि सभामुख अग्नीप्रसाद सापकोटाले विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका थिए ।

प्रतिनिधिसभाको बैठकबाट विधेयक स्वीकृत भएको सभामुखले घोषणा गर्दा सांसदहरुले लामो समय टेबल ठोकेर समर्थन गरेका थिए । अब सरकारले ल्याएको संशोधन विधेयक माथि संशोधन गर्न सांसदहरुले ७२ घण्टाको समय पाउनेछन् । उनीहरुले सरकारले ल्याएको निशान छापमा परिवर्तनको प्रस्ताव गर्न सक्छन् । मंगलबार दिउँसोबाट साँझसम्म प्रतिनिधिसभामा सांसदहरुले संशोधन विधेयकको सैद्धान्तिक छलफलमा भाग लिएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संशोधन विधेयकको समर्थनको घोषणा बैठकमा गरेको थियो ।

त्यस्तै मधेश केन्द्रित जनता समाजवादी पार्टीले पनि संशोधनको समर्थन गरेको थियो । सरकारले गत जेठ १८ गते प्रतिनिधि सभामा संविधानको दोश्रो संशवधन विधेयक पेश गरेको थियो । सरकारले संविधानको धारा ९ को २ अनुसारको अनुसूची ३ संशोधन गर्न प्रस्ताव ल्याएको हो। सरकारले त्यसअघि जेठ ७ गते नेपालको नयाँ प्रशासनिक नक्सा जारी गरेको थियो ।

त्यसअघि सांसदहरुले अतिक्रमित नेपाली भूमि समावेश गरिएको नक्सासंगै नेपाली भूमिबाट विदेशी सेना फिर्ता गर्नुपर्ने बताएका थिए । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान संशोधनको पक्षमा नेपाली कांग्रेसले दृढ समर्थन गर्ने बताएका थिए । संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न पार्टीले संस्थागत निर्णय गरि पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिईसकेको भन्दै सरकारको कामको स्वागत गरे ।

संघीय समाजवादी फोरमका सांसद राजेन्द्र प्रसाद श्रेष्ठ ले आन्तरिक राष्ट्रियतालाई सबल बनाउदै बाह्य राष्ट्रियतालाई पनि बलियो बनाउन सक्नुपर्ने बताए । सांसद गंगा चौधरी सत्गौवाले देश संकटमा परेका बेला नेपालका उच्च पदाधिकारी समेत अर्को देशको पक्षमा वकालत गरेको देखिने गरेको टिप्पणी गर्दै पदाधिकारीले विदेशीसंग मिली नेपालको स्वतन्त्रा, सार्वभौमसत्ता भौगोलिक अखण्डता षडयन्त्र गरेको आभास हुने भन्दै त्यस्तो कार्य मुलुकी अपराध संहिता बमोजिम अपराध हुनेतर्फ ध्यान दिनुपर्ने बताइन् ।

नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले संविधान संशोधन संगसंगै नक्सा मात्रै नभई नेपाली भूमिबाट विदेशी सेना फर्काएर छाड्छौ भन्ने संकल्प संसदबाट पास गर्नुपर्ने बताए । भूमि फिर्ता सम्बन्धी सम्पूर्ण काममा प्रतिपक्षी दल लगायत सम्पुर्ण देशबासीको सरकारलाई समर्थन रहने भन्दै दृढताका साथ जिम्मेवारी पुरा गर्न उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा