लकडाउनको अवस्थालाई सरलीकृत गर्ने सरकारको तयारी



काठमाडौं । कोरोना भाइरस संक्रमणको कम जोखिम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउने गरी कार्ययोजनामााथि कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरोकारवाला निकायहरुसंग छलफल गरेको छ । मंगलबार समितिले लकडाउनको मोडालिटीका बारेमा उद्योगी, बैंकर्स लगायत बाणिज्य क्षेत्रसंग सरोकार राख्ने निकायसंग छलफल गरेको हो ।

नागरिकलाई सुरक्षित राख्दै व्यवस्थित रुपमा अघि बढाउन छलफल गरि सुझाव मागिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । उनले बिभिन्न क्षेत्रबाट प्राप्त भएका सुझावलाई अध्ययन गरि उपयुक्त मोडालिटि तयार पार्ने बताए । सबै तह र तप्कासंग छलफल गरेर आवश्यक निर्णयमा पुगिने उनको भनाई छ । बन्दाबन्दीको अवस्थालाई सरलीकृत गर्नेमा समिति अघि बढेको बिडारीले बताए ।

छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जोखिमको अवस्था हेरेर उद्योग संचालन गर्नुपर्नेमा छलफल भएको जानकारी दिइन् । कम जोखिम भएका क्षेत्रमा बिस्तारै जनजीवन सामान्यतर्फ लैजाने गरिनै छलफल भएको उनले बताए । छलफलमा सामाजिक कार्य गर्ने संघसंस्था, यातायात व्यवसायी लगाएयको पनि सहभागीता रहेको थियो ।

७० दिनसम्म लकडाउन गर्दा पनि कोरोना संक्रमितको संख्या भने बढिरहेको छ । लामो समयको लकडाउनका कारण ठूलो वर्गमा जीविकोपार्जनको समस्या देखिन थालेको छ भने नागरिक समाजबाट पनि यसको मोडालिटी परिवर्तन गरिनुपर्ने आवाज उठिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद