‘भोकले मर्नुपर्दैन रे ! सूर्यबहादुर तामाङहरु किन मर्दैछन् थाहा छ सरकारलाई ?’



काठमाडौं । राजपाका सांसद राजेन्द्र महतोले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट आमजनताको पक्षमा नभएको र सत्तारुढ दलको स्वार्थसिद्ध गर्न मात्रै केन्द्रित भएको आरोप लगाएका छन् । आइतबार आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको छलफलमा भाग लिँदै महतोले कोरोनाका कारण समस्यामा परेका नागरिकलाई राहत दिन बजेटले कुनै सम्बोधन नगरेको, गरिब तथा गरिखाने वर्गको पक्षमा कार्यक्रम नआएकोमा रोष प्रकट गरे ।

उनले मुलुक सङ्घीयतामा गएको भन्ने तथ्यसमेत सरकारले बिर्सेको र स्रोत तथा साधनको वितरणमा समेत विभेद गरिएको बताए । लोकतन्त्रमा राज्य र नागरिक बीच राजनीतिक रुपमा सम्बद्धता, बफादारी, मालकियत, सहभागिता र सम्मान जस्ता आयाम हुने भन्दै महतोले नागरिकले राज्यबाट सम्मान नपाएको बताए ।

उनले भने,‘ यहाँ बहुसंख्यक जनता, आदिवासी जनजाती, मधेसी, थारु, दलित पीडित भएर बस्नुपर्ने अनि यहाँका अल्पसंख्यक शासक भएर हामीलाई दान दिनुपर्ने । यो बजेट भनेको त्यही हो । के कमेण्ट गर्ने ? के विश्लेषण गर्ने ?’

उनले मान्छे भोकले मरिरहेका बेला सरकारले कोही भोकै मर्दैन भनेर कागजमा मात्रै नारा लगाईरहेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘धादिङको सूर्यबहादुर तामाङ काठमाडौंको सडकमा किन मर्यो थाहा छ सरकारलाई ? यहाँ भाषण भईरहेको छ । कोही मर्न दिदैनौ रे । लाज हुँदैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिर नेपाल आउँदा विपिन जोशीको रिहाइकाबारेमा कुरा गर्छुः प्रधानमन्त्री

  महेन्द्रनगर ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल

विश्वमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सुधार गर्नुपर्छः प्रधानमन्त्री

महेन्द्रनगर ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र तीव्र गतिमा रुपान्तरण गर्नका लागि वैज्ञानिक

आगलागीबाट अर्घाखाँचीमा ४३ र गुल्मीमा ६७ भन्दाबढी घरगोठ जलेर नष्ट, करोडौंको क्षति

गुल्मी ।  गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडांँैको क्षति भएको छ । सामुदायिक

अहिले जनताले व्यवहारमा गुणात्मक परिवर्तन खोजेका छन्, त्यो यो सरकारले दिन सक्नुपर्छ

काठमाडौँ ।  लोकतन्त्र भनेकै विधिको शासन हो । हामीले सामयिक र असल कानुन