‘बाबुराम भट्टराई कामी भन्न किन नहुने ?’



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जातीय विभेद अन्त्य गर्न सबैले आ–आफ्ना थर फेर्न प्रस्ताव गरेका छन् । प्रतिनिधिसभामा आइतबार भएको बजेटमाथिको छलफलमा भाग लिँदै भट्टराईले वर्णाश्रम व्यवस्था परिवर्तन गरेर श्रमको संस्कार निर्माण गर्नुपर्ने बताएका हुन् ।

भट्टराईले जातभातको विभेदले हामी सबैलाई गिज्याउन थालेको भन्दै परिवर्तन जरुरी भएको बताए । हालै पश्चिम रुकुममा अन्तर्जातीय प्रेममा रहेका नवराज विश्वकर्मासहितको कुटपीट गरी मारिएको र भेरी नदीमा हालिएको घटनाका सन्दर्भमा डा. भट्टराईले संसदमा यस्तो प्रस्ताव गरेका हुन् ।

उनले भने, ‘हामी सबैले थर बदलौं । सबैले थरमा दलित लेख्न थालौं । बाबुराम भट्टराई दलित, कामी लेखौं, बाबुराम कामी भन्न किन नहुने ? काम गर्नेलाई कामी त भन्छन् नि । । विश्वकर्मा लेखौं । यसले जातीय विभेद अन्त्य गर्न सघाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले

विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव बुझे आफन्तले

  काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लि काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त

यस्ता  छन् चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नयाँ प्रावधान

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही