आज संसदमा संविधान संशोधन विधेयक पेश गरिने



काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा संविधान संशोधन विधेयक पेश गरिने भएको छ। बिहान ११ बजे बस्ने बैठकमा संशोधन विधेयक पेश गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्वाहाङफेले बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्ने छिन् ।

यसअघि १४ जेठको संसद् बैठकमा नै संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम रहेकोमा अन्तिम समयमा रोकिएको थियो । आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७,०७८ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने कार्यसूची छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले