‘सगरमाथाको स्वच्छता, सुन्दरता र सफाईलाई कायम राख्न चुनौतीपूर्ण’



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सगरमाथाको स्वच्छता, सुन्दरता र सफाइलाई कायम राख्न धेरै नै चुनौतीपूर्ण रहेको बताएका छन् । १३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री भट्टराईले कोभिडका कारण सगरमाथाको स्वच्छता, सुन्दरता अभियानलाई निरन्तरता दिन नसकेपनि छिट्टै यसलाई निरन्तरता दिने बताए । उनले विगतमा गठन आदेशका भरमा हुँदै आएको पर्वतारोहण क्षेत्रलाई व्यवस्थित गर्न कानूनीरुपमा व्यवस्थित गर्ने प्रयास भइरहेको र छिट्टै नै पर्यटन ऐन ल्याइने बताए ।

ऐनले आरोहणको क्षेत्रमा देखिएका समस्यालाई नियमन गर्ने, आरोहीको हितलाई सुनिश्चित गर्ने, नेपालको पर्वतारोहणको क्षेत्रबाट अर्थतन्त्रलाई अझ बलियो बनाउने र थप रोजगारी सिर्जना गर्नेलगायत काममा मद्दत पुग्ने उनको भनाई थियो । उनले अन्तर्राष्ट्रिय सगरमाथा दिवसका आरोहीको योगदानको कदर गर्दै विभिन्न सम्मान, पुरस्कार दिने गरिएको भएपनि यो वर्ष कोभिडका कारण हुन नसकेको भन्दै सामान्य अवस्था भएपछि थाति कार्यक्रमलाई पूर्णता दिइने उल्लेख गरे ।

पर्वतारोहण क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी नेपाल र विदेशमा समेत खपत गर्न सकिन्छ भन्ने उद्देश्यले सरकारले बजेटमा पर्यटन विश्वविद्यालयको अवधारणा ल्याएको र यसबारे ऐनको मस्यौदा तयार भई मन्त्रालयमा छलफलका क्रममा रहेको जानकारी दिए । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पर्वतारोहणलगायत पर्यटन क्षेत्रको नीतिगत सुधारका कार्यक्रम र नयाँ कार्यक्रमलाई आगामी आर्थिक वर्षको बजेटमा समेटिएको भन्दै यसको कार्यान्वयनलाई जोड दिइने बताए ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकिएको शुक्रबार ६७ वर्ष पूरा भएको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगेका थिए । सगरमाथामा मानव पाइला परेको पहिलो दिन मे २९ लाई अन्तराष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले