संविधान संशोधन प्रस्ताव संसदमा पेश हुँदै



काठमाडौं । आजको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश हुँदैछ । बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ । यसलाई सर्वसम्मत पारित गराउने पहल सरकार गर्दै आएको छ ।

सर्वसम्मतिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक आयोजना गरेका थिए । बैठकमा प्रधानमन्त्रीले अन्य राजनीतिक दललाई राष्ट्रियताको सवालमा राष्ट्रिय सहमतिका लागि आग्रह गरेका छन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । प्रतिनिधिसभाको बैठक आज दिउँसो दुई बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वउपराष्ट्रपति पुनलाई राजनीतिमा फर्किन संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्पराले रोक्दैनः प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई राजनीतिमा

संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा समिति निर्माण गर्ने

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै

उद्घाटन र आश्वासनको मोह

-नारायण गाउँले । देश दुई थरी छ । एकथरी देशमा धूमधामसित ६ लेन

आफूहरुको प्रदर्शन सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन होः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले निर्णय गरेअनुसार नै