संविधान संशोधन प्रस्तावलाई सबै दल एकबद्ध भएर द्रुतगतिमा पारित गरौँः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नयाँ नक्सालाई संविधानको अंग बनाउन संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई कुनै अलमल नगरी द्रुतगतिमा पारित गर्नुपर्ने बताएका छन् । संविधान संशोधनसँगै भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिइछाड्ने साझा संकल्प संसदबाटै गर्ने प्रस्ताव अघि सारेका हुन् ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालको नयाँ जारी गरेसँगै निशान छाप सच्याउन संविधानको अनुसूची तीन संशोधन गर्ने विधेयक संसदमा दर्ता गराएको छ ।