भाईरस विज्ञ प्रधानमन्त्री !



विश्वव्यापी कोभिड १९ को महामारी फैलिएका बेला नेपालका प्रधानमन्त्री केपी ओली भाईरस विज्ञका रुपमा देखा परे । उनले सुरुमा सरकारी संचार माध्यमहरुलाई दिएको एक अन्तरवार्तामा कोभिड १९ को विज्ञका रुपमा धारणाहरु राखे । मेडिकल विषयमा औपचारिक शिक्षा नै नलिएका प्रधानमन्त्री ओलीको कोभिड १९ को परिभाषा उनको पद, विषय विज्ञता र उत्तरदायित्व भन्दा भिन्न र असंगत थियो ।

जेठ ६ गते संसद वैठकमा फेरि प्रधानमन्त्री ओली थप भाईरस विज्ञका रुपमा प्रश्तुत भए । उनले छिमेकी देशहरुको नामै लिएर भाईरसको वर्गीकरण पो गरे । भारतबाट नेपाल छिरेको भाईरस कडा भन्ने प्रधानमन्त्री ओलीको टिप्पणी नेपाल भारत वीच तनावका वीच अरु तनाव बढाउन काफी भयो ।

उसै त नेपालले आफ्नो मिचिएको भूभाग कालापानी, लिपुलेक र लिम्पियधुरा समेटिएको नयाँ नक्शा प्रकाशन गरेपछि रिस्सिएको र त्यसलाई नमान्ने धम्की दिईरहेको भारत, त्यसमाथि प्रधानमन्त्री ओलीले चिनियाँ भाईरस नरम र भारतीय भाईरस कडा भनेपछि भारतीय मिडियाहरु नेपाल विरुद्ध आगो ओकल्न थाले ।

भारतीय मिडियाको प्रश्तुती हेर्दा लाग्छ, उनीहरु नेपालविरुद्ध वाकयुद्ध र मिडिया युद्धको पराकाष्ठ पस्किरहेका छन् । भारतीय विदेश मन्त्रालयले पनि नेपालको नयाँ नक्शालाई मान्यता दिएको छैन । यसको औपचारिक घोषणा भारतले गरिसक्या छ ।

तर सबैभन्दा महत्वपूर्ण कुरा नेपालका प्रधानमन्त्री ओलीको विषयविज्ञता र अधिकार क्षेत्र बाहिरको टिप्पणी यी सबै प्रकरणमा जिम्मेवार छ । भारतीय भाईरस भनेर प्रधानमन्त्रीले भारतको अपमान पनि गरे, अल्पज्ञान पनि झल्काए । एउटा देशको प्रधानमन्त्रीले गर्न नसुहाउने टिप्पणी गरे ।
प्रधानमन्त्री ओली न डाक्टर हुन्, न विज्ञ । उनी सिर्फ प्रधानमन्त्री हुन् । नेकपाका एकजना अध्यक्ष हुन् । भाईरसको वर्गिकरण गर्ने, त्यो पनि भारत र चीनको तुलना गरेर । त्यो उनको बोल्ने र टिप्पणी गर्ने अधिकार क्षेत्र पनि होईन, तरीका पनि सही होईन । झन् भारत र नेपाल जस्ता ठूला शक्तिशाली छिमेकका वीचमा रहेको नेपालका प्रधानमन्त्रीले भूधरातलीय र आपसी युगौं पुरानो संवन्धलाई संसदमा मजाकको विषय बनाउनु आफैंमा गलत हो ।

भारतको प्रतिक चिन्हबारे पनि प्रधानमन्त्री ओलीले संसदमा बोल्न नपर्ने विषयमा बोले । उनले अर्काको बारेमा बोल्दा त्यसले पार्ने असरबारे वास्तै गरेनन् ।

प्रधानमन्त्री केपी ओलीको राट्रवादको राग नेपालका लागि, रोग बनेको लामो अनुभव छ । २०७२ मा भूकम्पपछिको अघोषित भारतीय नाकाबन्दी भारतको कारण भन्दा ज्यादा ओलीहरुको भारतविरोधी रवैयाको परिणाम थियो ।

अहिले कोभिड १९ को संक्रमण विरुद्ध सबै विषय थाती राख्दै सबै छिमेकीसंग मिलेर अघि बढनुपर्ने बेलामा भारतलाई इरिटेट पार्ने बाणी प्रधानमन्त्रीका मुखबाट संसदमा बोलिनु शोभनीय थिएन । यसविरुद्ध भारतीय मिडियाका तुच्छ टिप्पणी पनि खेदजनक छन् । तर त्यस्तो मौका सरकार प्रमुख ओलीले नै दिनु चाहि दुर्भाग्यपूर्ण विडम्वना हो । भनिन्छ नी आफ्नो घरको चाबी बलियो पार्नु, छिमेकीलाई दोष नलगाउनु ।
नेपालको कालापानी, लिपुलेक र लिम्पियधुरा समेटेर नेपालको नक्शा सार्वजनिक गर्ने काम प्रधानमन्त्री ओलीको साहसिक कदम भए पनि ठूला छिमेकीलाई चिढ्याउने र होच्याउने बोली र भाषणले उनको र देशकै कद घटाएको पनि साँच्चो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएका समस्याहरू क्रमशः सुधार भएका अर्थमन्त्रीको दाबी

गण्डकी । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरी छ : प्रवक्ता महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने

लेवनानको राजधानी बेरुतमा नेपाली सेनामाथि आक्रमण, उपरथी चोकबहादुर ढकाल घाइते

काठमाडौँ।  युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति