बेपत्ता परिवारको अविभावकत्व सरकारले लिनुपर्छः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनआन्दोलनका क्रममा बेपत्ता भएकाहरूको सन्ततिलाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । बेपत्ता योद्धाहरूको स्मृतिमा बुधबार विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले बेपत्ताका परिवारको अभिभावकत्व र तिनका सन्ततिको शिक्षादीक्षा र भविष्य निर्माणमा सरकारले सहयोग गर्ने नीति, योजना र कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् ।

सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता हुनुभएका योद्धाहरुको संघर्षका कारण नै आज मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारीको चरणमा आएको उनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘बेपत्ता योद्धाका योगदानको बेपत्ता परिवारको अविभावकत्व र तिनका सन्नतिहरुको शिक्षादीक्षा एवम् भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारको ध्यानाकर्षण गराउँदै बेपत्ता योद्धाहरुप्रति फेरि एकपटक उच्च सम्मान व्यक्त गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बुटवललाई आममानिसको रोजाइको सहर बनाउन लागि परेका छौँः मेयर पाण्डेय(अन्तरवार्ता)

बुटवल । स्थानीय जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे दुई वर्ष पूरा भएको छ ।

हजुरबुबाको त्यो गरिबी र आजको मेरो सम्पन्नता !

नारायण गाउँले । धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा–आमाले बनाउनुभएको घर ‘पक्की’ थिएन

पीरलोको कुरा

-डा. गोविन्दशरण उपाध्याय । आजभोलि तनाव, दवावजस्ता शब्दहरू प्रयोग गरेर अंग्रेजीको Stress शब्दबाट