यस्तो छ सरकारको नीति तथा कार्यक्रम(पूर्णपाठ)



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको संक्रमणविरुद्ध एकढिक्का भएर लाग्न सबैलाई आग्रह गरेकी छन् । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको अभियानमा सबैलाई एकढिक्का भएर लाग्न आग्रह गरेकी हुन् । उनले सरकारले चालेको कदममा साथ दिई सहयोग गरेकोमा सबैमा धन्यवाद दिंदै संक्रमण थप फैलिन नदिन र महामारी फैलिन नदिनका लागि सबैलाई आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्वमा मात्रै जनमतको सम्मान हुने बताइन् । उनले सरकार परिपूर्ण लोकतन्त्रतर्फ अघि बढेको पनि बताइन् । राजनीतिक स्थायित्व मुलुकको दीर्घकालीन र अवरोधरहित विकासका लागि अत्यत्न महत्वपूर्ण हुने भन्दै राष्ट्रपतिले राजनीतिक स्थायित्वमा मात्रै जनमतको सम्मान हुने बताइन् । उनले सरकारले दुईवर्षको छोटो अवधिमै उत्साहवद्र्धक उपलब्धि हालिस गर्न सफल भएको बताइन् । राष्ट्रपतिले मुलुकमा शान्ति र अमनचयन कायम भएको दाबी समेत गरेकी छन् ।

उनले कोरोना भाइरसका कारण रोजगारी गुमाएकाहरूलाई स्थानीय तहमार्फत राहत उपलब्ध गराइएको, मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्र हितको रक्षा भएको छ दाबी गरेकी छन् । उनले कोरोना महामारीका कारण मानवजातिमाथि सबैभन्दा ठूलो संकट पैदा भएको भन्दै नीति तथा कार्यक्रमले कोरोना प्रभावले पारेका असर न्यूनीकरण गर्न कार्यक्रमहरु बनाइएको बताइन् । कोरोनाका कारण मौजुदा स्वास्थ्य सुविधा अपर्याप्त देखिएको भन्दै उनले स्वास्थ्य पूर्वाधार र रोजगारी प्राथमिकता रहेको उल्लेख गरिन् ।

पूर्णपाठ हेर्नुस्

सरकारको नीति तथा कार्यक्रम(पूर्णपाठ)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेलम्ची खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न

काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि जलमग्न भएको छ ।

चिकित्सा शिक्षा आयोगको बैठकद्वारा नर्सिंङ शिक्षाको अध्ययन अध्यापन तथा क्षमता विस्तारसम्बन्धी कार्यदलको प्रतिवेदन पारित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको चिकित्सा शिक्षा आयोगको १७

कांग्रेसको नीति प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धान निर्देशक नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धानतर्फ

प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशनः ठमेलमा प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरमा ल्याउनु

  काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र