ऐतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान नेपालको अहिलेको परिपक्व रणनीति हुनुपर्छः कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले उच्च स्तरीय कुटनैतिक पहलमार्फत नेपाली भूमि रक्षा गर्न सरकारलाई सुझाव दिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरी उच्चस्तरीय कुटनैतिक प्रक्रिया मार्फत आजको मुद्दा समाधानका लागि गम्भीर पहलकदमी गर्न सरकारलाई सुझाव दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी किटान गरेको ऐतिहासिक तथ्यनै विद्यमान प्रकरण समाधानको मुल आधार हो । अतः महाकाली नदी पूर्वको भू–भाग कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनु पर्ने धारणा आजको मितिमा पुनः दोहोर्याउन चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि

  काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उनको पार्थिव

तत्कालिन सेन्चुरी बैंकका सिईओ पक्राउ

काठमाडौं । प्रहरीले तत्कालिन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई पक्राउ

महाधिवेशनमा दस्तावेज लेखनका लागि सुझाव पठाउन पार्टी कमिटीलाई एकीकृत समाजवादीको सर्कुलर

  काठमाडौँ ।  नेकपा  (एकीकृत समाजवादी), सम्पर्क विशेष प्रदेश कमिटीले पार्टीको १०औँ महाधिवेशनमा

समसामयिक राजनीतिक परिस्थितिबारे चिनियाँ राजदूतको चासो

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता