‘के रक्षामन्त्रीको त्यो भ्रमण तीर्थ यात्रा थियो ?’



काठमाडौं । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको प्रति सांसदहरुले सरकारलाई थुप्रै प्रश्न गरेका छन् । आइतबारको संसद बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रश्न गरेका हुन् । उनीहरुले सरकारको गैरजिम्मेवारपनका कारण सीमा विवाद समाधान नभएको भन्दै आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका सांसद गगन थापाले भारतीय अतिक्रमणको विरोध गर्दै केही महिना अघि रक्षामन्त्री ईश्वर पोखरेलले दार्चुलमा गरेको भ्रमण तीर्थयात्रा थियो कि भन्दै प्रश्न गरेका छन् ।

उनले प्रश्न गरे,‘ के त्यो तीर्थ यात्रा थियो ? थिएन भने उहाँले सरकारलाई के बताउनुभयो र सरकारले त्यो बीचमा के काम गर्यो ? भारतले त प्रष्ट भनिसक्यो हामीले हाम्रो भुभागमा बनाएका हौं र अब संक्रमण सकिएपछि तपाईहरुसंग छलफल गरौला । के नेपालले अब रिग्रेड गरेर मात्रै बस्ने हो वा हाम्रो भुमि प्रयोग गर्न तिमिलाई दिदैनौ भनेर अब्जेक्सन गर्ने हो ?’

सत्तारुढ नेकपाका सांसद भीम रावलले नेपाली भूमि भारतले अतिक्रमण गरेको त्यसको निन्दा गरेका छन् । उनले भारतलाई सीमा अतिक्रमणको काम गर्न बन्द गर्न र भारतीय सेना फिर्ता गर्न माग गरे । उनको प्रश्न थियो, भारतले आफ्नो भूमि नभएको स्थान राखेर नक्सा सार्वजनिक गर्दा नेपाललाई आफ्नो भूमि राखेर नक्सा प्रकाशित गर्न के समस्या भयो ?’

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सीमा विवादका बारेमा आफूले पहिलेदेखि नै उठाएपनि सरकारले नसुनेको भन्दै धेरै लामो निन्द्रा पछि आज सरकार व्यूँझिए जस्तो लागेको बताए । उनको प्रश्न थियो, मैले यसबारेमा यही सदनमा हाम्रो पटीको बाटो नबन्ने तर उतातिर युद्धस्तरमा बाटो बनिरहेको र ६ महिनापछि कालापानी लिपुलेक पुग्दैछ भन्ने कुरा बोल्दा पनि ध्यानाकर्षण नहुने ? मैले मिडियामा पनि बोलेको छु । सरकार के गरेर सुतिरहेको थियो ?’

नेकपाका सांसद जनार्दन शर्माले सीमा विवाद समाधानका लागि डिप्लोमेटिक नोटमात्रै काफी छ कि अन्य उपाय अपनाउनुपर्छ भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । उनले भने,‘ डिप्लोमेटिक नोटपछि मे १५ मा चीन र भारतबीच सम्झौतामा के भएको छ ? त्यो पनि जानकारी गराउन आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेवनानको राजधानी बेरुतमा नेपाली सेनामाथि आक्रमण, उपरथी चोकबहादुर ढकाल घाइते

काठमाडौँ।  युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति

बुटवललाई आममानिसको रोजाइको सहर बनाउन लागि परेका छौँः मेयर पाण्डेय(अन्तरवार्ता)

बुटवल । स्थानीय जनप्रतिनिधिले कार्यभार सम्हालेको साढे दुई वर्ष पूरा भएको छ ।

हजुरबुबाको त्यो गरिबी र आजको मेरो सम्पन्नता !

नारायण गाउँले । धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा–आमाले बनाउनुभएको घर ‘पक्की’ थिएन