प्रिय सरकार, लकडाउन खोल्ने कस्तो छ तयारी ?



लकडाउन गर्नुभन्दा खोल्नु निकै गाह्रो हुन्छ | यत्रतत्र छरिएका सलाइंका काँटी लकडाउनको ओसले चिसिएर नष्ट भएका छन् | सिमाना पारीबाट भित्रिएका काँटीहरु खोजेर बारुद नष्ट नगर्ने हो भने हामीले बुझ्नुपर्ने हुन्छ, सिंगो बस्ती उजाड गर्न एउटा सलाइंको काँटी पर्याप्त हुन्छ |
लकडाउन सधै गर्न सम्भव हुँदैन | लकडाउन खोल्नुपूर्व सरकारको निम्न लिखित न्युनतम तयारी हुनुपर्दछ |

१. कोरोना संक्रमण देखिएका ठाउँ, उनीहरुको सम्पर्क लहरोको PCR परिक्षण हुनुपर्दछ |

२. रातो, पहेंलो र हरियो क्षेत्र तोकेर रेड जोन अर्थात भारतसंग सिमाना जोडिएका पूर्व, दक्षिण र पश्चिम सिमा जिल्ला तथा अन्य जोखिम जिल्ला जस्तै उदयपुर लगायतमा सम्भब हुन्छ भने सबैको PCR परिक्षण गर्नुपर्छ | नभए हटस्पोट घोषणा गरि परिक्षण, शिल, आइसोलेसन र उपचार गर्नुपर्दछ |

३. बिगत केहि दिनमा काठमाडौं लगायतका सहरी क्षेत्रमा जोखिमयुक्त ठाउँबाट सयौं / हजारौं व्यक्तिहरु भित्रिएका छन् | ती कहाँ छन् ? कसको सम्पर्कमा छन् ? सबैलाई सर्च गरेर परिक्षण गर्नुपर्दछ |

४. नेपालमा बाहिरबाट आएका व्यक्तिहरुमा संक्रमण देखिएको परिप्रेक्ष्यमा बिगत डेढ महिना यता भारत लगायत अन्य देशबाट आएका हरेक व्यक्तिको PCR टेस्ट गर्नुपर्दछ | पोजिटिभ देखिएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिंग गर्नुपर्दछ |

५. फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी, पत्रकार तथा अन्य व्यक्तिको PCR टेस्ट गर्नुपर्छ |

६. माथिका जांचबाट हाम्रो स्थिति ज्ञात हुनेछ | त्यसपछि कुन कुन क्षेत्र जोखिम छन्, कुन कुन क्षेत्र सुरक्षित छन्, त्यो पत्ता लगाउनु पर्दछ |

७. पहिलो चरणमा २ जनाभन्दा धेरै व्यक्ति संगै हिंड्न नपाउने, बाटोमा हिंड्दा ६ फिटको व्यक्तिगत दुरी कायम गर्नुपर्ने, घरबाहिर निस्कंदा सबैले अनिबार्य रुपमा मास्क, चस्मा तथा आबश्यकता अनुसार पंजा लगाउनु पर्ने जस्ता नियममा अनुगमन र कारबाही गर्नुपर्दछ |

८. एकै पटक धेरै मान्छेको आवतजावत नहोस् भन्नको लागि पहिलो चरणमा खाद्य पसल, स्टेसनरी, कृषि सामग्री पसल, साना उद्योग, साना निर्माण कार्य तथा निजि अस्पताल, बैंक, सरकारी तथा अन्य आबश्यक कार्यालय मात्र खोल्ने |

९. पहिलो चरणमा सकभर व्यक्तिगत तथा सार्वजनिक यातायात नखोल्ने | पैदल, साइकल, सरकारी गाडी, कृषि एम्बुलेन्स, खाद्यका बाहन मात्र खोल्ने | त्यसको परिणाम हेरेर अर्को हप्ता निजि सवारीसाधन जोर / बिजोर गरेर खोल्ने |

१०. कार्यालय, कलकारखाना आदि खोल्दा ५० % जनशक्ति आज, ५० % जनशक्ति भोलि गरेर काम गर्ने | यसले गर्दा सामाजिक दुरी कायम गर्न तथा भीड नियन्त्रण गर्न सजिलो हुन्छ |

पहिलो चरण सफल भएमा, संक्रमण नफैलिएमा तथा ब्यापक परिक्षण र आइसोलेसनबाट सन्तोषजनक परिणाम आएका क्षेत्रमा दोस्रो चरणको लागि तयारी गर्नुपर्दछ |
… डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापामा बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को  सात करोड

बाराको नवजन्म पुनःस्थापना केन्द्रमा प्रदीप मण्डलको हत्यामा संलग्न फरार अभियुक्तलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

बारा । दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा

खोटाङको हलेसी बजारमा आगलागीबाट तीन घरमा क्षति

खोटाङ । खोटाङको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशङ्करबीच यी विषयमा भयो छलफल

  काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच