प्रधानमन्त्रीद्वारा संसद बैठक कक्षको अवलोकन, अधिवेशन बोलाउने तयारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतले बुधबार संघीय संसद बैठक कक्षको स्थलगत अवलोकन गरेका छन् ।

सो अबसरमा उनीहरुलाई नोभल कोरोना भाइरस (कोभिड–१९) कारण सिर्जीत विषम परिस्थितमा संसद बैठकमा बसाई व्यवस्थापनका लागि संसद सचिवालयले गरिरहेको तयारीबारे जानकारी गराईएको थियो । सचिवालयले छैठौं अधिवेशनका लागि संघीय संसदको दुबै सदनको संयुक्त बैठक सामाजिक दुरी कायम गरी गरीने सीट प्लान’ बारे जानकारी गराएको हो ।

संघीय संसदको दुबै सदनमा गरी कुल सदस्यको संख्या ३३४ हुन्छ । हाल चार जना सांसद निलम्बनमा छन् । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक कक्षमा तल ५ सय ४० सीट र माथि ४ सय ५० सीट छ ।

यसअघि आज विहान प्रधानमन्त्री ओली र सभामुख सपाकोटाबीच प्रधानमन्त्री निवास बालुुवाटारमा छलफल भएको थियो । सो छलफल संघीय संसदको बजेट (बर्षे) अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमको विषयमा केन्द्रित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत मात्र खर्च हुने अनुमान

काठमाडौँ। सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान

कांग्रेसले भन्यो-आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन अध्यादेश

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले निजी क्षेत्र लगानीको इन्जिन भएको

अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छः उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अध्यादेशबाट शासन गर्ने क्रम

मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको होः सांसद पन्त

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले मुलुक समृद्ध बनाउन अध्यादेश ल्याइएको बताएका