ओली प्रधानमन्त्रीको कुर्सीमा रहुन्जेल लोकतन्त्र खतरामाः बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहेको बताएका छन् । मन्त्रिपरिषद् बैठकले सोमबार जारी गरेका दुई अध्यादेश फिर्ता गर्ने निर्णय गरेपछि शुक्रबार ट्वीट गर्दै भट्टराईले ओली र उनको आडमा भएको गम्भीर अपराधको छानविन गर्नुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्, समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका @kpsharmaoli ले अध्यादेश फिर्ता लिएछन् । यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानविन र कार्वाही हुनैपर्छ ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ ।सावधान !