दुवै अध्यादेश तत्काल फिर्ता लिन प्रधानमन्त्रीलाई ६ सचिवालय सदस्यहरुको दवाव
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकाका ६ जना सचिवालय सदस्यले सरकारले जारी गरेको दुवै अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने निचोड निकालेका छन् ।
भैंसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतमको निवासमा बिहीबार अनौपचारिक रुपमा बसेको बैठकले दुवै अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो । सरकारले जारी गरेको अध्यादेशले पार्टीलाई ठूलो क्षति पुर्याएकाले तत्काल फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल तथा सचिवालय सदस्यहरु बामदेव गौतम, विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ सहभागी थिए । त्यस्तै बैठकले स्थायी कमिटी बैठक र सचिवालय बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ । बैठकले अहिलेको ध्यान कोरोना नियन्त्रणमा लगाउनुपर्ने निष्कर्ष समेत निकालेको छ ।