पार्टीलाई कमजोर पार्न देशी विदेशी प्रतिक्रियावादी सक्रियः प्रचण्ड
काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको महत्व बुझ्न र सुदृढ गर्न नेता कार्यकर्तालाई अपील गरेका छन् ।नेकपाको ७१ औं स्थापना दिवसका सन्दर्भमा मंगलबार साँझ विज्ञप्ती जारी गर्दै प्रचण्डले पार्टी एकताको महत्व बुझ्न नेता कार्यकर्तालाई अपिल गरेका हुन् ।
उनले भनेका छन्, ‘प्राप्त उपलब्धीलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र ऊर्जा दिएको छ । यस ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न म नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गर्दछु ।’