सबै मिलेर सरकारलाई सघाउनु अहिलेको राष्ट्रिय आवश्यकता होः प्रचण्ड



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाको महामारी रोकथामका लागि सबै मिलेर अघि बढ्नुको बिकल्प नभएको बताएका छन् ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रसँगको टेलिफोन कुराकानीमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले भनेका छन्, “अहिले पशुपतिनाथले रक्षा गर्छन् भनेर बस्ने स्थिति छैन। उच्चस्तरीय राजनीतिक संयन्त्रको विचार मलाई राम्रो लाग्यो। वास्तवमा त्यो आवश्यक छ। म यो सुझावलाई निश्कर्षमा पुर्याउन प्रयास गर्छु।“

कुराकानीका क्रममा संयोजक मिश्रले प्रचण्डलाई उच्चस्तरीय राजनीतिक संयन्त्र लगायत सबै मिलेर सरकारलाई सघाउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको भन्दै त्यसका लागि पहल गर्न आग्रह गरेका थिए । बुधबार मिश्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुरा गरी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन पहल गर्न आग्रह गरेका थिए । त्यसका लागि आफूले पहल गर्ने तर प्रधानमन्त्रीको काम गराईले आफू चिन्तित रहेको देउवाले बताएका थिए ।

साझा पार्टीले करिव दुई हप्ताअघि नै प्रधानमन्त्रीको नाममा सुझावपत्र लेख्दै यो संकटसँग जुध्न राष्ट्रिय एकता आवश्यक भएकोले ‘उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र’को प्रस्ताव गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यादेश पारित गर्ने अन्य विकल्प पनि छन्ः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले ल्याएका अध्यादेश कसैले विरोध गर्दैमा

सरकार जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको प्रचण्डको आरोप

चरिकोट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताका अधिकार उल्ट्याउनमा

बाराको कलैयास्थित सुधार केन्द्रमा कुटपिटबाठ एक युवकको मृत्यु, सातजना पक्राउ

बारा । बाराको एक सुधार केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

सात महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च