स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानविन गर्न सरकारसँग कांग्रेसको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि गरिएको स्वास्थ्य समग्री खरिदमा भएको अनियमिततामाथि छानविन गर्न सरकारसँग माग गरेको छ । बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले पिपीई, टेष्ट किट लगायतका सामग्री ल्याउन ढिलो गर्ने र बजार मूल्य भन्दा बढी रकम खर्च गरेर राज्य कोषमा भ्रष्टाचार भएको बैठकले ठहर गरेको हो ।

बैठकले सरकारबाट यसबीचमा कुनैपनि अनियमिततामा औंला ठड्याउने तर सरकारलाई सम्पूर्ण रुपले साथ दिएर हरसम्भव सघाउने बैठकले निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले देशभन्दा बाहिर रहेर अप्ठ्यारोमा परेका नेपालीहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरी उद्दार गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

त्यस्तै ज्यालादारी श्रमिकहरुलाई राहत पर्याप्त नभएको, सहरी क्षेत्रमा डेरा गरेर बस्ने विद्यार्थीहरुलाई राहतको व्यवस्था गर्नुपर्ने माग समेत कांग्रेसले गरेको छ । बैंकबाट २० लाख रुपैयाँसम्म ऋण लिएर व्यवसाय गर्नेहरुलाई कम्तीमा तीन महिनाको ब्याज मिनाहा गर्नुपर्ने, त्यसपछिको ब्याजदर घटाइनुपर्ने, २० लाख भन्दा माथिको ऋण लिएकाहरु, पर्यटन व्यवसायीहरुको ब्याजदरमा छुट दिनुपर्ने लागयतको व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ ।

कांग्रेसले कोरोना भाइरसका विषयमा पार्टीले गर्नुपर्ने कार्यमा सुझाव लिन विज्ञ समूह गठन गर्ने निर्णय समेत गरेको छ । पार्टीले गर्दै आएको सचेतनाको काममा विज्ञ समुहले परामर्श दिएको आधारमा निर्णय गर्दै जाने समेत प्रवक्ता शर्माले बताए । त्यस्तै बैठकले कोरोना भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेकाले व्यापक रुपमा परीक्षणको दायरा बढाउन सरकारलाई आग्रह गरेको छ । त्यस्तै बैठकले पिपीइ, भेन्टिलेटर, टेष्ट किट लगायतका अपरिहार्य सामग्रीको व्यवस्था छिटो गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ