‘महामहिम ! विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्स्योस्’



काठमाडौं । सत्तारुढ नेकपाकी सांसद रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अमेरिकामा रहेका नेपालीका बारेमा चिन्ता नलिन आग्रह गरेकी छन् । बुधबधार ट्वीट गर्दै सांसद झाँक्रीले नेपालभित्रै हजारौं नेपाली अलपत्र परेको अवस्थामा अमेरिका, युरोप, जापान, अष्ट्रेलियालगाय देशमा रहेका नेपालीका चिन्ता लिन आवश्यक नभएको बताएकी हुन् । उनले बरु विभिन्न जिल्लामा अलपत्र परेका कामदारको उद्दारका लागि स्थानीय तहलाई निर्देशन दिन सुझाव दिएकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीलाई टेलिफोन गरी नेपालीको अवस्थाका बारेमा जानकारी लिएरको खबर सार्वजनिक भएको छ । त्यसपछि झाँक्रीले राष्ट्रपतिलाई व्यंग्य गरेका हुन् ।

उनले भनेकी छन्, ‘महामहिम ! अमेरिका,क्यानडा,युरोप,अष्टेलिया, जापान,कोरिया लगायत विकसित मूलुकका नेपालीको चिन्ता नगरी बक्स्योस् । नेपालका बिभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदूरहरू लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन।ब्यस्थापनको लागि स्थानिय तहलाई निर्देशन दिने की ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अदालतको सम्मान, मर्यादा र सुरक्षाको पक्षमा उभियोस् सेना !

केशवप्रसाद भट्टराई । १. पृथ्वी नारायण शाह र भानुभक्तको सालिक ढाल्दै विदेशीहरूले नेपाल

तीन वर्षसम्म ओलीलाई तह लगाउन नसक्नु हाम्रो पनि कमजोरीः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई

यो विरोध प्रदर्शन कास्टिङ मात्र हो, फिलिम सुरु हुन बाँकी छः माधव नेपाल

काठमाडौं । नेकपाको प्रचण्ड -नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले

प्रधानमन्त्री ओलीले संविधान च्यात्ने काम गरेः खनाल

काठमाडौं । नेकपाका प्रचण्ड नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली