अन्य देशले हासिल गरेको सफलता र असफलता दुवैबाट सिकेर अघि बढ्न सरकारलाई महामन्त्री कोइरालाको आग्रह



चैत्र १६, २०७६
सरकार र स्वास्थकर्मी नाममा चिकित्सक समेतका नाताले अपील

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरससंग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नहरुलाई नेपाली कांग्रेसले निरन्तर साथ दिंदै आएको छ l लकडाउनको पालना गरेर जनताले यो संघर्षप्रती एक्यवद्धता जनाइरहेका छन् l परिणाममुखी रूपमा कार्य गर्न निर्मित वातावरण उपयोग गर्दै अब स्वास्थकर्मी र सुरक्षाकर्मीको नेतृत्वमा हामीले संघर्षमा जीत हासिल गर्नुपर्दछ l

चिकित्सकका रूपमा लामो समय सेवा र प्राध्यापन समेत गरेको नाताले आजको स्थितीलाई मैले निकैदिन देखि नजिकबाट नियालिरहेको छु l अत नेपाल सरकार र नेपालभरिका स्वास्थकर्मीहरुका नाममा यो अपील सार्वजनिक गरेको छु l

१, कुनैपनि स्वास्थकर्मी निस्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहन्छन् बिरामीको उपचार गर्न l उनीहरुमा रहेको त्यही मानवीय भावना,समर्पण र साहसनै आजको विश्वब्यापी महामारीबाट बाहिर निक्लने मुख्य मार्ग हो l अत म नेपालभरिका सबै स्वास्थकर्मीमा आजको यो प्रतिकुल परिस्थितिमा उच्च मनोबल साथ कार्य गर्न एक चिकित्साकर्मी समेतका नाताले अपील गर्दछु l

२, स्वास्थकर्मीहरुका लागि अनिवार्य पीपिइको प्रबन्ध समयमै गर्न नसक्नु आजको सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी हो l यथासिघ्र देशब्यापी रूपमा पीपिइ पुर्‍याएर संभावित संक्रमितको परिक्षण एवं संक्रमितको उपचारमा स्वास्थकर्मी को मनोबल उच्च बनाउन म सरकारसंग अनुरोध गर्दछु l

३, विश्व स्वास्थ संगठनले बढी भन्दा बढी परिक्षणका लागि अपील गरेको छ l हामी केवल टेकु स्थित रास्ट्रीय प्रयोगशालामा परिक्षण गरेर परिक्षणको चाप धान्न सक्दैनौं l केही थप ठाउँमा शुरु गर्न लागिएको सकारात्मक छ ,तर ७ प्रदेशमै परिक्षण गर्ने ब्यवस्था अब ढिलाइ नगरी शुरु गर्न र क्रमशः त्यसलाई सबै जिल्लामा विकेन्द्रीत गर्न म सरकारलाई विशेष अनुरोध गर्दछु l

४, हालसम्म पांच जनामा कोरोना संक्रमण देखिएको छ l तर उनीहरु यसविचमा घुलमिल भएको परिवारका सदस्य,छरछिमेकी एवं ब्यक्तिगत साथी समुहको परिक्षण गर्न जरुरी तदारुकता र उच्च सतर्कता सरकारले नदेखाउनु दु:खद छ l तत्काल परिक्षण गर्ने ब्यवस्था मिलाउन म नेपाली कांग्रेस पार्टीका तर्फबाट सरकारलाई अनुरोध गर्दछु l

५, लकडाउनमा घरभित्र बसेका जनतालाई संक्रमणको कुनै आशंका हुनासाथ घरबाटै सावधानी पुर्वक ल्याएर परिक्षण केन्द्रमा पुर्‍याउने ब्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु l त्यसरी आइसोलेसन र संक्रमित देखिए सुरक्षित उपचारको ब्यवस्थाले मात्रै सम्बन्धित ब्यक्तिबाट अन्यमा फैलिन रोक्न सकिन्छ l

अन्य देशले हासिल गरेको सफलता र असफलता दुवैबाट सिकेर अघि बढ्नु आज हामी सबैको रास्ट्रीय कर्तव्य रहेको अपीलपनि म नेपाली कांग्रेसका तर्फबाट सरकार, सम्बन्धित निकाय र सबै जनतामा गर्न चाहन्छु l

जय नेपाल
शसांक कोइराला
महामन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना