एमसीसीको बहस एउटा निचोडमा पुगेपछि संसदमा पेश हुन्छः सभामुख



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले, अमेरिकासँगको सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदनका लागि दलको निर्णयको पर्खाइमा रहेको बताएका छन् ।

सिंहदरबारमा सोमबार पत्रकारसंग कुरा गर्दै सभामुख सापकोटाले दलको निर्णय प्राप्त हुनासाथ सो सम्झौतालाई अनुमोदनका लागि पेश गर्ने बताए । उनले सत्तारूढ पार्टी तथा सबै पक्षसँगको सहमतिबमोजिम संसदमा एजेन्डामा समावेश गर्ने बताए ।

सभामुख सापकोटाले सत्तारुढ पार्टी, विभिन्न पार्टीका मुख्य सचेतक, सचेतक र राष्ट्रिय रुपमा समेत त्यस विषयमा छलफल चलिरहेको भन्दै बहस एउटा निचोडमा पुगेपछि आफूले प्रक्रिया अघि बढाउने बताए ।

त्यस्तै उनले सांसदहरुले सीमासम्बन्धी तयार पारेको संकल्प प्रस्ताव आगामी बैठकमा पेस हुने जानकारी दिए । रिक्त उपसभामुख पदमा चयन गर्नेबारे दलहरुबीच छलफल जारी रहेको र त्यसमा पनि दलीय सहमति भएपछि उपसभामुख चयन प्रक्रिया सुरु हुने सभामुख सापकोटाको भनाई थियो । उनले आफूले प्राथमिकताका आधारमा बिधेयकहरुलाई संसदबाट अघि बढाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन देशद्रोही तत्वलाई ठेगान लगाउने अवसर होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु लोकतन्त्र विरोधी भएको

कोरोना संक्रमणबाट विदेशमा ३२७ नेपालीको मृत्यु

लण्डन । कोरोना सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ ।

राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च

शुल्क बढाउने सिफारिस तत्काल खारेज गरी गत वर्षसरह कायम गर्न डा. केसीको माग

काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको शुल्क