राप्रपा र राप्रपा संयुक्त बीच पार्टी एकताको आधारपत्रमा दुवै पार्टीका अध्यक्षहरुद्वारा हस्ताक्षर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ । एकताको घोषणा फाुगुन २८ गते हुनेछ । शनिबार राति भएको १०बुँदे सहमतिमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र डा.। प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् । सत्तारुढ र प्रमुख प्रतिपक्षी बाहेक राष्ट्रियता र प्रजातन्त्रको धरातलमा खडा भएको राजनीतिक शक्तिको उपस्थिति जनताले खोजेकाले पार्टी एकता गर्ने सहमति गरेको नेताहरुले बताएका छन् ।
सहमतिअनुसार एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां रहनेछ भने कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी तीन जना अध्यक्ष रहनेछन् ।