काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयले नेपाल नेत्रज्योति सङ्घलाई सार्वजनिक स्वास्थ्य विधामा ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड प्रदान गर्ने भएको छ ।
नेपालमा अन्धोपन निवारणमा पाँच दशकसम्म योगदान गरेवापत सङ्घलाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । आगामी असोजमा उक्त पुरस्कार प्रदान गरिने ‘डब्लुएचओ’ दक्षिण पूर्वी एशिया क्षेत्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सङ्घले हालसम्म पाँच करोड दुई लाख ४८९ जनाको आँखा उपचार सेवा र ५६ लाख ५९ हजार ६२४ जनाको शल्यक्रिया गरेको छ । डब्लुएचओका अनुसार नेपालमा अन्धोपन सन् १९८१ मा ०.८४ प्रतिशत रहेकामा सन् २०२०/२१ मा त्यो घटेर ०.२८ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया