बाजुरामा सात हजार भन्दाबढी किशोरीलाई एचपिभी खोप लगाइँदै



बाजुरा । सङ्घीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध खोप बाजुरका सात हजार बढी किशोरीलाई लगाइने भएको छ ।

जिल्लाका नौ स्थानीय तहका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षका किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँका सात हजार आठ सय ९४ किशोरीलाई यही माघ २२ गतेदेखि चार नगरपालिका र पाँच गाउँपालिकामा पाठेघरको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर खड्काले जानकारी दिए । जिल्लामा रहेका किशोरीलाई विद्यालयमा र विद्यालय बाहिर रहेका किशोरीलाई सम्बन्धित पालिकाको स्वास्थ्य शाखामार्फत खोप लगाउन स्वास्थ्यकर्मी परिचालन गरिने उनले बताए ।

शनिबार जिल्ला खोप समन्वय समितिले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा नौ वटै पालिकामा पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने तयारी भइरहेको खड्काले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने एचपिभीे खोप अभियानमा विद्यालय जाने सात हजार आठ सय ६० र विद्यालय नजाने ३४ किशोरीलाई खोप लगाइने छ । स्थानीय तहका एक सय १८ विद्यालय, ९१ अन्य खोप केन्द्रबाट खोप लगाइने बताउँदै प्रमुख खड्काले अभियानमा दुई सय १० स्वास्थ्यकर्मी र चार सय १८ स्वयम्सेवक खटिने जानकारी दिए ।

देशभर एचपिभी खोप अभियान माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । सरकारले देशभरी एकै साथ सञ्चालन गर्न लागेको एचपिभी खोप अभियानमा अन्य जिल्लामा ९५ प्रतिशत लक्ष्य लिइए पनि बाजुरामा भने सतप्रतिशत पुर्‍याउने लक्ष्य राखिएको निमित्त स्वास्थ्य कार्यालय प्रमुख खड्काले उल्लेख गरे । विद्यालय नभएका गाउँ, टोल र पिछडिएका समुदायको पहुँचका लागि थप खोप केन्द्रबाट अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप अभियानलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले बताए । किशोरीलाई खोपबाट वञ्चित हुन नदिन प्रचारप्रसार र समाचारका माध्यमबाट सञ्चारमाध्यमले समन्वय गर्नुपर्नेमा उनले जोड दिए ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले खोप अभियानलाई सफल बनाउन सबैले सहयोग र समन्वय गर्नुपर्ने भन्दै अभिभावकलाई आफ्ना छोरीलाई खोप लगाउन सम्बन्धित केन्द्रमा पठाउन आग्रह गरे । उनले सरकारले लिएको लक्ष्य र उद्देश्य हासिल गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । किशोरीलाई लगाइने पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्धको खोपमा स्थानीय तहमा अभिमुखीकरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन

एचपिभी खोपस्थलमा सावधानी अपनाउन प्रशासनको निर्देशन

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन

बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचाः बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै

काठमाडौं । परिवार व्यवस्थापन सेवा सञ्चालनका लागि सरकारले साझेदारी ढाँचामा सेवा प्रदान गर्न

वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको पुस्तक ‘मान्छेको मुटु’

  काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको पुस्तक ‘मान्छेको मुटु’ सार्वजनिक