त्रिशूली अस्पतालमा नाक, कान र घाटीको विशेषज्ञ सेवा उपलब्ध



त्रिशूली (नुवाकोट) । त्रिशूली अस्पताल नुवाकोटले नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा नि:शुल्क गरिएको छ ।

एकसय शय्याको प्रादेशिक अस्पताल त्रिशूलीमा नाक, कान र घाटी रोगको विशेषज्ञ सेवा नहुँदा काठमाडौँ जानुपर्ने बिरामीको बाध्यतालाई मध्यनजर गर्दै पाक्षिक रूपमा सञ्चालन हुने गरी सेवा सुरु गरेको अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिए। उनका अनुसार विशिष्टकृत सेवा विस्तारको क्रममा नाक, कान र घाटीको विशेषज्ञ सेवा सञ्चालनमा ल्याइएको हो ।

“नुवाकोटसहित रसुवा र धादिङका बिरामीलाई समेत सेवा दिँदै आएको प्रादेशिक सरकारी अस्पतालमा नाक, कान र घाटीको समस्या लिएर आउने बिरामीको सङ्ख्या धेरै भएसँगै सेवा सुरु गरिएको छ”, उनले भने “बहिरंग सेवा (ओपिडी)नि:शुल्क गरिएको छ । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सहुलियत शुल्कमा सेवा दिने योजना छ ।”

अहिले पाक्षिक रूपमा ओपिडी सेवा निःशुल्क सञ्चालनमा ल्याइएको हुँदा जाँचको क्रममा पहिचान भएका रोगका समस्याको शल्यक्रिया समेत समेत उपलब्ध गराउन लागिएको छ । नि:शुल्क विशेषज्ञ सेवा अस्पतालको आन्तरिक स्रोत र माथिल्लो निकायको सहयोगमा सञ्चालनमा ल्याइएको हुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई न्यूनतम एवम् सहुलियत शुल्कमा सेवा दिन विशेषज्ञ चिकित्सकसँग सहमतिमा आवश्यक तयारी अघि बढाइएको छ ।

ओपिडी चाँजबाट पहिचान भएकामध्ये कानको जाली, टन्सिल, थाइराइड, नाकको हड्डी बाङ्गिएको र नाकमा मासु पलाएकालगायतका नाक, कान र घाटीको रोगसँग सम्बन्धित शल्यक्रिया सेवा समेत उपलब्ध गराउन लागिएको हुँदा बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य र आर्थिक रूपमा समेत सहुलियत हुने अस्पतालका निर्देशक डा।लामाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मन्थली अस्पतालको भवन नगरपालिकालाई हस्तान्तरण

मन्थली । १५ श्ययाको मन्थली अस्पतालको नवनिर्मित भवन मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ

लमजुङको परेवाडाँडा पोषणमैत्री स्वास्थ्य चौकी

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित परेवाडाँडा स्वास्थ्य चौकीलाई बुधबार पोषणमैत्री स्वास्थ्यचौकी घोषणा

तनहुँका १४ हजार छात्रालाई एचपिभी खोप लगाइँदै

दमौली (तनहुँ) । जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप

बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायद्वारा