नागरिकका गुनासो सुन्न स्वास्थ्य मन्त्रालयमा ‘हेल्लो स्वास्थ्य’ सेवा



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेल्लो स्वास्थ्य’ सेवा सुरु गरेको छ । स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासा टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाटसमेत पठाउन यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

टेलिफोन नम्बर ‘१११५’ मा फोन गरेर, भाइबर र ह्वाट्सएप ‘९८५१३३०५९२’ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ ।

यसैगरी इमेलमार्फत ‘हेल्लो हेल्थ एट एमओएचपी डट जिओभी डट एनपी’ मा पनि गुनासा पठाउन सकिनेछ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न इकाइ स्थापना गर्ने मन्त्रीस्तरिय निर्णयपछि हेल्लो स्वास्थ्य स्थापना गरिएको जनाइएको छ ।

गुनासो सम्बोधन गर्न मन्त्रालयका प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन डा अनुप बाँस्तोलाको संयोजकत्वमा गत मङ्सिर १४ गते इकाइ गठन गर्ने निर्णय गरिएको थियो । इकाईमा सूचना अधिकारी डा भक्तबहादुर केसी, सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी तथा शाखा अधिकृत गौरीप्रसाद आचार्य सदस्य छन् ।

यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा रहेको हटलाइन नम्बरमा अरु माध्यमसमेत थप गरेर गुनासो तथा सेवासम्बन्धी जानकारी लिने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डक्टरको सङ्ख्या बढाउनेभन्दा बढी रोगीहरुको सङ्ख्या घटाउनेमा ध्यान दिनुपर्छः प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको बहुआयामिक पक्ष भएकाले यसलाई

तस्बिरमा अन्तर्राष्ट्रिय योग दिवस

पोखरा । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पोखरामा वृहद योग शिविर सञ्चालन गरिएको छ

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालले प्राप्त गरेको उपलब्धि महत्त्वपूर्णः मन्त्री पाण्डे

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा

कोरोनाका बिरामी देखिँदै, सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौँ । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् ।