जिपी कोइराला अस्पतालमा दश शय्याको डेङ्गी वार्ड स्थापना



तनहुँ । शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेंगु वार्ड स्थापना भएको छ ।

अस्पतालमा डेङ्गी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेङ्गी फैलिएको थियो ।

हालसम्म अस्पतालमा तीन सय ८५ जनामा डेङ्गी परीक्षण गरिएकामा ९६ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए। डेङ्गी पुष्टि भएकामध्ये २४ जना उपचारपश्चात् घर फर्किएका छन् ।

यसैबीच दमौली अस्पतालमा पनि डेङ्गी परीक्षणका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार दुई सय २३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएकामा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गतवर्ष लिए चार लाख ५५ हजारले सेवा

कास्की । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा चार लाख ५५

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर उपचार सेवा विस्तार

गण्डकी । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच

यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ

काठमाडौँ  । यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार योजना सेवा प्रदायक अगुवा संस्था

नारायणी अस्पतालमा एमआरआई सेवा सञ्चालन

  वीरगञ्ज (पर्सा) । नारायणी अस्पताल वीरगञ्जमा पाँच महिनादेखि अवरुद्ध भएको ‘एमआरआई’ सेवा