गोरखाका महिलाद्वारा सीप सिकेर गाउँमै सेनेटरी प्याड उत्पादन



 

गोरखा । गोरखाको सहिदलखन गाउँपालिकाका विपन्न तथा सिमान्तकृत महिलाले समूहमा मिलेर गाउँमै सेनेटरी प्याड उत्पादन गर्न सुरु गरेका छन् ।

व्यावसायिक सीपमूलक तालिमबाट सिकेर महिलाले सामूहिकरुपमा लगानी गरी प्याड उत्पादन गर्न थालेको सहिदलखन–५ स्थित नवपालुवा कोसिस महिला समूहका अध्यक्ष गीता परियारले जानकारी दिइन् ।

“नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) ले प्रदान गरेको सेनेटरी प्याड बनाउने तालिम लिएपछि गाउँमै प्याड उत्पादन गर्न सकिन्छ भन्ने लाग्यो”,उनले भनिन्, “तालिमसँगै वडा कार्यालय र एड्वानकोसमेत आर्थिक सहयोगमा समूहमा आबद्ध महिलाले पनि लगानी गरेर आवश्यक मेसिन खरिद गरी प्याड उत्पादन गर्न सुरु गरिएको हो ।”

उद्योगबाट नवपालुका कोशिस महिला समूहमा आबद्ध २१ महिला प्रत्यक्षरुपमा आयआर्जनसँग जोडिन पुगेको उनको भनाइ छ । उद्योगमा उत्पादन गरिएका प्याड स्थानीय बजारमा बिक्री गर्नसमेत थालिएको छ ।

“भर्खरै मात्र उत्पादन थालेकाले उत्पादन भएजति सबै बजारमा बिक्री हुने गरेको छ”, परियारले भनिन्, “अहिलेसम्म उद्योगमा करिब दुई हजार थान प्याड उत्पादन गरिसकिएको छ, सबै स्थानीय बजारमा नै खपत भएको छ । कतिपय स्थानीय व्यापारीले उद्योगमै आएर पनि बिक्रीका लागि किनेर लैजान थालेको उनको भनाइ छ ।

“फागुन महिनामै उत्पादन सुरु गरी बजारमा पठाउने तयारी भए पनि प्याडको बाहिरी प्याकेट आउन अलि ढिलो भयो”, उनले भनिन्, “उत्पादन माघ महिनाबाट नै सुरु गरिएको हो ।” उद्योगमा जोडिएका समूहका सदस्य पालैपालो उद्योगको काममा खटिने गरेको उनको भनाइ छ ।

प्याकिङका लागि तयारी अवस्थामा रहेको प्याड पनि केही दिनमै प्याकेटमा राखेर बजार पठाउने तयारी भइरहेको छ । समूहले ठूलोमात्रा प्याड उत्पादन गरी त्यसको बजार व्यवस्थापन गर्न गाउँपालिकासँग पनि आवश्यक समन्वय गरिरहेको परियारले जानकारी दिइन् ।

उद्योगमा अहिले प्रयोग गरिएको मेसिनले प्रतिमिनेट ३० थान सेनेटरी प्याड उत्पादन गर्नसक्ने उनको भनाइ छ । “नियमितरुपमा उत्पादन गर्न सकियो भने जिल्लाभित्रका अन्य पालिकामा पुर्याउन सक्छौँ भन्ने लागेको छ”, परियारले भनिन्, “तत्कालका लागि सेनेटरी प्याडको बाहिरी प्याकेट चितवनबाट छपाइ गरेर ल्याउने गरेका छौँ ।”

उत्पादित प्याड परीक्षणका लागि बजारमा  ५० रुपैयाँ प्रतिप्याकेटका दरले बिक्री गर्न थालिएको छ । “बाहिरबाट ल्याएको सेनेटरी प्याड अहिले स्थानीय बजारमा प्रति प्याकेट  ७० मा बिक्री हुँदै आएको छ”, उनले भनिन् ।

उद्योग सञ्चालनका लागि अहिलेसम्म  १५ लाख ५० हजारभन्दा बढी लगानी भइसकेको छ । वडा नम्बर ५ का वडाध्यक्ष चन्द्र रानामगरले समूहलाई उद्योग सञ्चालनका लागि ताक्लुङमा रहेको सामुदायिक भवन उपलब्ध गराइएको बताए । उनका अनुसार महिला समूहले भर्खरैमात्र उत्पादन सुरु गरेकाले त्यसको बजारीकरणका लागि आवश्यक पहल स्थानीय सरकारले पनि गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरभित्रका एक लाख बिमितको कार्ड जेठ १ गते जारी हुने

काठमाडौँ । स्वास्थ्य बीमा गराएका काठमाडौँ महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड जेठ १

कर्णालीमा ‘सामुदायिक मानसिक स्वास्थ्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय प्रथम सम्मेलन’

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख

हुम्लामा आयोजित स्वास्थ्य शिविरमा एक हजार आठ सयभन्दा बढीले लिए सेवा

सिमकोट (हुम्ला) । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाडमा बृहत् निःशुल्क स्वास्थ्य शिविर