नगरवासीलाई क्यान्सर उपचारमा रत्ननगर नगरपालिकाले २५ हजार सहुलियत दिने



नारायणगढ । चितवनको रत्ननगर नगरवासीले क्यान्सरको उपचारमा थप सहुलियत पाउने भएका छन् । क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले एक लाख र प्रदेश सरकारले ५० हजार सहुलियत दिँदै आएकामा नगरपालिकाले थप २५ हजार दिने निर्णय गरेको हो ।

रत्ननगर नगरपालिकाको विशेष नगरसभाले क्यान्सरपीडितलाई सामाजिक उत्तरदायित्व अन्तर्गत २५ हजार सहयोग उपलब्ध गराउने घोषणा गरिएको नगर प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिए । उनले छिट्टै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँग सहयोग सम्बन्धी सम्झौता गरिने बताए ।

उनले भने, “यो सम्झौता २०८१ सालको वैशाख १ गते देखि लागू हुन्छ ।” सम्झौता अनुसार क्यान्सर उपचार गराइरहेका पालिकाभित्रका व्यक्तिले सङ्घ र प्रदेश सरकारबाट खर्च लिइसकेपछि नगरपालिकाले सहयोग रकम उपलब्ध गराउनेछ ।

“क्यान्सर भन्ने बित्तिकै पीडादायिक रोग बुझिन्छ हाम्रो पालिकाभित्र कयौँ व्यक्ति क्यान्सरको पीडामा हुनुहुन्छ”, उनले भने, “उहाँहरुको उपचारका लागि पालिकाबाट सहुलियत होस् भनी यसको सुरुवात गरिएको हो ।”

हाल रत्नगरका दुई सय सातजना क्यान्सरका बिरामी उपचाररत रहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई  ८६ अर्ब २४ करोड

  काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई

औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

  काठमाडौँ ।  सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान

कैलालीको खैरालामा स्वास्थ्यचौकी भवन निर्माण

गोदारी (कैलाली) । कैलालीको चुरे गाउँपालिका–२ खैरालामा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ ।

ऐँसेलुखर्कमा १५ शय्याको अस्पताल निर्माण गरिँदै

खोटाङ । जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालको अन्तिम चरणमा