ललितपुर महानगरमा मात्रै ९२ हजारलाई दादुरा–रुबेलाविरुद्धको खोप



 

ललितपुर । आइतबारदेखि सुरु भएको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा ललितपुरका एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत पार्थमणि न्यौपानेले दिएको जानकारी अनुसार ललितपुरका छ स्थानीय तहका छ सय २२ खोप केन्द्रबाट एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने गरी तयारी भएको छ ।

“यही फागुन १३ गतेदेखि २३ गतेसम्म जिल्लाभर खोप अभियान जारी रहन्छ । कोन्ज्योसोम र महाकाल गाउँपालिकामा १५ गतेदेखि मात्र सुरु हुन्छ । यो अभियानका लागि एक सय ५९ जना स्वास्थ्यकर्मी र आठ सय २२ स्वयंसेवक खटिएका छन्”, अधिकृत न्यौपानेले भने ।

महानगरमा मात्रै ९२ हजार तीन सय बालबालिका

दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा ललितपुर महानगरमा मात्रै खोप लगाउने बालबालिकाको सङ्ख्या ९२ हजार तीन सय रहेका छन् । यो सङ्ख्या जिल्लाका सबै खोप लगाउने बालबालिकाको सङ्ख्याको आधारमा ५८ दशमलव ८८ प्रतिशत हो ।

खोप अभियानअन्तर्गत महानगरभित्रका दुई सय १२ खोप केन्द्रबाट नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाउने तयारी भएको महानगरका जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले जानकारी गराइन् । यही फागुन १३ देखि २३ गतेसम्म विद्यालयमा खोप केन्द्र राखिएको उनले बताइन् ।

“फागुन २३ गतेसम्म महानगरको २९ वटै वडाका स्वास्थ्य संस्थामा खोप दिने व्यवस्था मिलाएका छौँ । फागुन १३ गतेदेखि महानगरका वडा नं २५, २६, २७, २८ र २९ का विद्यालयमा खोप दिइएको छ”, महर्जनले भनिन् ।

फागुन १४ गते वडा नंं २२, २३, २४ का विद्यालयमा, फागुन १५ गते वडा नं १८, १९ र २० र २१ का विद्यालयमा, फागुन १६ गते वडा नं १४, १६ र १७ वडाका विद्यालयमा दादुरा–रुबेलाविरुद्धको खोप दिने तयारी भएको छ ।

फागुन १७ गते वडा नं १५ का, फागुन १८ गते वडा नं ८, ९, १०, ११, १२, १३ का र फागुन २० गते वडा नं ५, ६ र ७ मा रहेका विद्यालयबाट खोप दिइने जनस्वास्थ्य शाखा प्रमुख महर्जनले जानकारी दिइन् ।

उनका अनुसार फागुन २१ गते वडा नं ४, फागुन २२ गते वडा नंं १, २ र ३ मा रहेका विद्यालयमा खोप दिने व्यवस्था मिलाइएको छ । फागुन २३ गते वडा नंं १ देखि २९ सम्मका छुटेका बालबालिकालाई वडाका स्वास्थ्य संस्थामा खोप दिइनेछ ।

सरकारले सन् २०२३ सम्म दादुरा–रुबेलालाई शून्यमा झार्ने राष्ट्रिय लक्ष्य राखेको थियो । उक्त लक्ष्य पूरा हुन नसकेपछि दोस्रोपटक सन् २०२६ सम्म शून्यमा झार्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरिरहेको स्वास्थ्य कार्यालय ललितपुरका खोप अधिकृत न्यौपानेले बताए ।

अभियानबाटै पूर्ण खोप सुनिश्चितता, बाल मृत्युदरमा उल्लेख्य कमी, खोप ऐन र नियमावली जारी, रुबेला तथा सीआरएस नियन्त्रण, बालबालिकामा हेपाटाइटिस बी नियन्त्रण, नियमति खोपमा रोटा भाइरस तथा सरसफाइ प्रवर्द्धन तथा नियमित खोपमा टाइफाइडको सुरुवात भएको अधिकृत न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

  चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय

ललितपुरमा चार जनामा हैजा पुष्टि

काठमाडौँ । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य

बागमती प्रदेश सरकारले क्यान्सरपीडितलाई एक लाख सहयोग गर्ने

  भक्तपुर । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई

डेंगी नियन्त्रणका लागि स्थानीय तह र प्रदेशमा द्रुत प्रतिकार्य टोली परिचालन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेंगीबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने