आठ जनामा कोरोना सङ्क्रमण



काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिनमा दुई हजार ६५५ मा कोरोना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७५८ जना रहेको छ । पछिल्लो समय २१० कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६४ हजार ६०८ पुगेको छ । निको हुनेदर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।

मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ मात्र रहेको छ । शून्य सङ्क्रमित भएका नौ जिल्ला धनकुटा, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वरुकुम, बाजुरा, कञ्चनपुर, डोल्पा, हुम्ला र जुम्ला छन् । नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत छ । हाल होमआइसोलेशनमा एक हजार ७१७, संस्थागत आइसोलेशनमा ४१, आइसीयूमा १९ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ४७ हजार ७०१ जनाले खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर

क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल

  काठमाडौँ ।  एचसीजी क्यान्सर अस्पताल बैंगलोरले क्यान्सर नियन्त्रणका लागि नेपालस्थित एक्शन नेपाल

अत्यधिक गर्मीले चितवनका अस्पतालमा बिरामीको चाप

    चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

सुर्तीको धुवाँमा विश्वमा बर्सेनि ४७ अर्ब उड्दै, नेपालमा दैनिक ७३ को मृत्यु

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती