भारतबाट ९ लाख ७२ हजार डोज कोभिसिल्डको खोप आउँदै



काठमाडौं । कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार मात्रा खोप बुधबार नेपाल आउँदै छ । भारतको सिरम इस्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आउन लागेको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाप्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा खोप बुधबार आउन लागेको जानकारी दिए ।

यस्तै, यही मङ्सिर २२ गते कोभ्याक्समार्फत छ लाख मात्रा खोप आउने उनले बताए । उनले नियमित रुपमा खोप आइरहेको बताए । सरकारले नियमित रुपमा खोप आउन थालेपछि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन आग्रह गरेको छ । यस्तै, बालबालिकालाई लगाउने खोप मोडर्ना यही शुक्रबार नेपाल आउने भएको छ ।

अमेरिकाबाट खरिद गरिएका मोडर्ना खोप एक लाख ८८ हजार मात्रा आउन लागेको आपूर्ति शाखाप्रमुख ढुङ्गानाले जानकारी दिए । यसअघि बालबालिकालाई लगाउने फाइजर खोप आएको थियो । उनका अनुसार नेपालमा अहिलेसम्म दुई करोड ६१ लख ९६ हजार मात्रा खोप आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग

कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला

सर्वसाधारणलाई ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको